संसद्को अवरोध चाँडै हट्छ : विष्णु पौडेल « Khabarhub

संसद्को अवरोध चाँडै हट्छ : विष्णु पौडेल


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले संसदको अवरोध चााडै हट्ने बताएका छन् ।

नेकपा (एमाले) चितवनको ११औँ अधिवेशनको आज भरतपुरमा उद्घाटन गर्दै उनले नेपाली कांग्रेसले संसद्को बहुमतलाई बन्धक बनाएकाले त्यसलाई पन्छाएर अगाडि बढ्ने उल्लेख गरे ।

‘कांग्रेसको अवरोधलाई हटाएर भए पनि संसद् बन्धक हुन दिँदैनौँ’, उपाध्यक्ष पौडेलले भने । विसं २०८४ को चुनावसम्म यही गठबन्धन रहने उनले बताए ।

‘कांग्रेससँग प्रतिपक्षमा बसेर निर्वाचन लडेको अनुभव धेरै छैन’, उनले भने, ‘आगामी निर्वाचनमा हामी बहुमत ल्याउँछौँ ।’ वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको उनले बताए ।

एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले संसद अवरोधले बजेट ल्याउन समस्या हुने बताए । देश आर्थिक सङ्कटमा रहेको बेला मिलेर बजेट ल्याउनुपर्ने उनको भनाइ थियो ।

उनले भने ‘नाराबाजीका बीचबाट बजेट ल्याउनु पर्ने हुन सक्छ । अध्यादेशमार्फत भएर पनि बजेट ल्याउनुपर्ने हुनसक्छ । नत्र संवैधानिक सङ्कट आउँछ ।’

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  १० : ५९ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई