नेपालको लगातार दोस्रो जित : हुरिकेन्स ९६ रनमा समेटियो « Khabarhub

नेपालको लगातार दोस्रो जित : हुरिकेन्स ९६ रनमा समेटियो


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी टी-२० विश्वकपको तयारीका लागि हस्टन हुरिकेन्सविरुद्ध नेपालले दोस्रो जित निकालेको छ।

पहिलो अभ्यास खेलमा शनिबार ६ रनको जित निकालेको नेपाल आइतबार बिहान सम्पन्न दोस्रो खेलमा २७ रनले विजयी भएको हो।

सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याएको हुरिकेन्स १८.३ ओभरमा ९६ रन बनाएर अलआउट हुँदा नेपाल २७ रनले विजयी भएको हो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन जोड्दा कुशल भुर्तेलले २३ रन बनाए। गुल्सन झा १४ रनमा आउट हुँदा आशिफ शेख १, अनिलकुमार शाह ४ रनमा आउट भए। कुशल मल्लले मात्र २ रन जोडे। सन्दीप जोरा र सोमपाल कामीले नटआउट समान १२-१२ रन जोडे। पूरै २० ओभर खेल्दै नेपालले ६ विकेट गुमाएर १२३ रन बनाएको थियो।

१२४ रनको लक्ष्य पछ्याएको हुरिकेन्सलाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले मात्र १० रन दिएर तीन विकेट हात पारे। सोमपाल कामीले दुई विकेट लिँदा रोहितकुमार पौडेल, अविनास बोहोरा र सागर ढकालले समान एकएक विकेट हात पारे।

यो पनि पढ्नुहोस्

हुरिकेन्समाथि नेपाल ६ रनले विजयी

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ५ : ५१ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले