सहकारी ठगीविरुद्ध कांग्रेसले आज प्रदर्शन गर्दै « Khabarhub

सहकारी ठगीविरुद्ध कांग्रेसले आज प्रदर्शन गर्दै


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले आज दिउँसो २ बजे भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकाविरुद्ध सडक आन्दोलनमा जाने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम कांग्रेसले प्रदर्शन सफल पार्न काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटा निर्वाचन क्षेत्रमा १५ जना केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।

आज पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्न लागिएको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको अर्बौँ रुपैयाँ सहकारीको बचत दुरुपयोग प्रकरणमा छानबिन गर्न नमानेको निष्कर्षसहित कांग्रेस आन्दोलनमा होमिएको हो ।

आजको प्रदर्शनमा कांग्रेसले गिरिबन्धु टी–स्टेटमा भएको नीतिगत भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनुका साथै सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा सरकारलाई खबरदारी गर्ने जनाएको छ ।

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन माग गर्दै कांग्रेसले एक महिनाभन्दा बढी समयदेखि सदन अवरुद्ध गरिरहेको छ ।

प्रदर्शनको पूर्वसन्ध्यामा भ्रातृ संस्था नेपाल तरुण दलले काठमाडौंको प्रदर्शनीमार्गमा शनिबार सँझ राँके जुलुस निकालेको थियो ।

 

 

 

 

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ७ : २३ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण