नीति तथा कार्यक्रमले निराशा चिर्छ, कांग्रेसले ताली बजाउनुपर्छ : विष्णु पौडेल « Khabarhub

नीति तथा कार्यक्रमले निराशा चिर्छ, कांग्रेसले ताली बजाउनुपर्छ : विष्णु पौडेल


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख सत्तारूढ नेकपा एमालेका सांसद विष्णु पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई प्रतिपक्षी नेपाली कांग्रेसले ताली बजाएर स्वागत गर्नुपर्ने बताएका छन् ।

पूर्वअर्थमन्त्रीसमेत रहेका उनले सरकारको नीति तथा कार्यक्रमको विरोधमा कांग्रेसले वेल घेरेर नारा लगाउनुभन्दा ताली बजाएर समर्थन गर्नुपर्ने बताए ।

उनले भने, ‘यो नीति तथा कार्यक्रमले निराशा चिर्ने र नागरिकमा आशा जगाउने काम गरेको छ । नीति तथा कार्यक्रमले राष्ट्रिय स्वाधिनताको रक्षा र नागरिक मैत्री शासनमा जोड दिएको छ । करदातालाई व्यावसायिक लागत घटाउने, बैंक, लघुवित्त र सहकारीका समस्या सम्बोधन गर्ने छ ।’

उनले नीति तथा कार्यक्रमले सहकारी क्षेत्रका समस्या समाधान गर्ने विशिष्ठीकृत नियमक निकाय गठन गरेर समस्या समाधान गर्ने दृष्टिकोण अगाडि सारेको बताए ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  १२ : ४९ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका