‘द पोइट आइडल’को विजेता बने सिक्किमका सिमियोन « Khabarhub

‘द पोइट आइडल’को विजेता बने सिक्किमका सिमियोन


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  कविताको टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल सिजन- २ को विजेता सिक्किमका कवि सिमियोन सुकिता राई बनेका छन् । उनले पुरस्कार बापत् नगद दश लाख पाउने भएका छन् । साथै, उनले एक किताब प्रकाशनमा लागि प्रकाशक ‘कथा लय‘सँग सम्झौता गरेका छन्  ।

इमाडोलस्थित एड्भान्स स्टुडियो शनिबार साँझ प्रतिस्पर्धी मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीलाई पछाडि प्रतिस्पर्धी उनी विजेता बनेका हुन् । अनलाइन भोटिङका आधारमा उनी विजेता घोषित भएका हुन् । जेठ १ गते देखि जेठ १२ गते साँझ ७ बजेसम्मका लागि भोटिङ खुला गरिएको थियो ।

फाइलमा फिल्म ‘पुजार सार्की’को कलाकारको टोलीको उपस्थिति थियो । नायक प्रदीप खड्काले कविता वाचन समेत गरेका थिए ।

यो प्रतियोगिता गत माघ २९ गतेबाट सुरु भएको हो । निर्णायकमा कवि विप्लव प्रतीक, उपेन्द्र सुब्बाका, निर्देशक एवं रंगकर्मी अनुप बराल र अभिनेत्री केकी अधिकारी थिए । कार्यक्रम सञ्चालकका रूपमा अभिनेता दिव्य देव पन्त थिए ।

प्रख्यात कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीको सम्झनामा भएको यस कार्यक्रमका निर्माता एवं निर्देशक क्षेत्रप्रताप अधिकारी कै छोरा अमनप्रताप अधिकारी हुन् ।

यस प्रतियोगिताको सिजन १ को विजेता पनि सिक्किमकी निलम राई हुन् ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  १ : ५६ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार