धुलिखेल र चीनको शियान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाबारे छलफल | Khabarhub Khabarhub

धुलिखेल र चीनको शियान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाबारे छलफल


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शियान- धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु र चीनको शियान नगरपालिका भगिनी सम्बन्ध विभागका प्रमुख वाङ फेङबीच भेटवार्ता भएको छ ।

चीनको शान्सी प्रान्तको शियानमा भएको भेटमा धुलिखेल र शियान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा छलफल भएको थियो ।
प्रमुख फेङले धुलिखेल र शियानबीच भगिनी सम्बन्ध स्थापना गर्न आफूहरु तयार रहेको बताए ।

उनले भने,’नेपाल र चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि शियान र धुलिखेलबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन जरुरी छ र त्यसकालागि हरेक क्षत्रमा सहकार्य गरेर अघि बढ्न शियान तयार छ ।’

धुलिखेलका मेयर ब्यान्जुले नेपाल र चीनबीचको प्राचीन सम्बन्धलाई थप विस्तार गर्न जरुरी रहेको बताए । ‘नेपाल र चीनबीच भृकुटीको समयदेखि रहेको मित्रतालाई थप उचाइमा पुर्‍याउन जरुरी छ’, मेयर ब्यान्जुले भने, ‘त्यसका लागि शियान र धुलिखेलबीच पारस्पारिक हित, शिक्षा, पर्यटन, विकास निर्माण लगायतमा मिलेर काम गर्न जरुरी छ ।’

मेयर ब्यान्जुले शियानले छोटो समयमा गरेको विकाश र समृद्धिलाई धुलिखेल र नेपालका अन्य नगरपालिकाले अवलम्बन गर्दा फाईदा पुग्ने बताए । आफ्नो शियान भ्रमणले धुलिखेलको विकास र समृद्धिमा टेवा पुग्ने विश्वास मेयर ब्यान्जुको थियो । भेटमा प्रमुख फेङसहित शियान नगरपालिकाका अन्य पदाधिकारीको पनि उपस्थिती थियो । यस अघि सोमबार मेयर ब्यान्जु र शियान नगरपालिकाका मेयर लि मिनयुङवीच भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : ४७ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

भाद्र शुक्ल तृतीया : आज तीजको व्रत

काठमाडौं – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ १० गते मंगलबार। भाद्र

आज २०८२ साल भदौ १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १० गते मंगलबार। भाद्र

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले