इजरायलको तेल अवीवमा हमासद्वारा रकेट प्रहार « Khabarhub

इजरायलको तेल अवीवमा हमासद्वारा रकेट प्रहार


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । हमासले इजरायलको तेल अवीवमा रकेट प्रहार गरेको जनाएको छ । विगत चार महिनामा हमासले इजरायलको एक भाग तेल अवीवमा रकेट प्रहार गरेको यो पहिलो पटक हो ।

इजरायली सेनाले गाजाको रफाहबाट ८ वटा रकेट प्रहार गरिएको र तीमध्ये अधिकांशलाई खसालिएको बताएको छ । इजरायली सेनाले रफाहमा ठूलो सैन्य कारबाही गरिरहेको छ। इजरायलका प्रधानमन्त्री नेतन्याहुले रफाहमा ठूलो कारबाही नगरी हमासलाई हराउन नसकिने बताएका छन् ।

हमासको सैन्य शाखा, इज्जेदिन अल–कसाम ब्रिगेड्सले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा इजरायलमा ठूला मिसाइलहरू आक्रमण गरेको बताएको छ ।

यसैबीच अमेरिकालगायत धेरै मानवीय संस्थाले रफाहमा भइरहेको सैन्य कारबाहीका कारण प्यालेस्टाइनीको ज्यान जोखिममा रहेको बताएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३५ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ ।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । हमासको आक्रमणमा १२०० जनाको मृत्यु भएको थियो । हमासका लडाकुहरूले पनि २५२ जनालाई बन्धक बनाएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ८ : ०७ बजे

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइने

ललितपुर– ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौं- कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापक रूपमा फैलिएको छ

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत