रक्षा बन्धनको पूर्वसन्ध्यामा जे देखियो (फोटो फिचर) « Khabarhub

रक्षा बन्धनको पूर्वसन्ध्यामा जे देखियो (फोटो फिचर)


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवम् जनै पूर्णिमा विहीबार मनाइँदैछ । बुधबार रक्षा बन्धनका लागि बजारमा चहलपहल अलि बढी देखियो ।

किराना पसलमा क्वाटीको व्यापार बढेको थियो भने ढेलागाडा तथा चोक चोकमा राखी किन्नेहरुको लर्को लागेको थियो । मन्दिर आसपासका क्षेत्रमा जनै किन्नेहरु पनि भेटिएका थिए ।

वीरगञ्जको माइस्थान चोकमा रक्षा बन्धनका दिन दाजुभाइलाई लगाइदिने राखी खरिद गर्दै महिला । रक्षा बन्धनका दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधी दिनाले दिदीबहिनी र दाजभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१० झलारी बजारमा बुधबार रक्षा बन्धनका लागि राखि खरिद गर्दै महिला । रक्षा बन्धनका लागि राखि खरिद गर्ने महिलाको घुइँचो लागेको थियो ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

वीरगञ्जको माइस्थान चोकमा रक्षा बन्धनका दिन दाजुभाइलाई लगाइदिने राखी खरिद गर्दै महिला । रक्षा बन्धनका दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधी दिनाले दिदीबहिनी र दाजभाइका बीचमा प्रेम सम्बन्ध बढछ भन्ने सामाजिक मान्यता छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।

काठमाडौँको असनमा बुधबार क्वाटी किन्दै स्थानीय । जनैपूर्णिमाको दिन ११ थरिका गेडागुडी क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र चिसो नलाग्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ८ : ५३ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ