रक्षा बन्धनको पूर्वसन्ध्यामा जे देखियो (फोटो फिचर) « Khabarhub

रक्षा बन्धनको पूर्वसन्ध्यामा जे देखियो (फोटो फिचर)


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवम् जनै पूर्णिमा विहीबार मनाइँदैछ । बुधबार रक्षा बन्धनका लागि बजारमा चहलपहल अलि बढी देखियो ।

किराना पसलमा क्वाटीको व्यापार बढेको थियो भने ढेलागाडा तथा चोक चोकमा राखी किन्नेहरुको लर्को लागेको थियो । मन्दिर आसपासका क्षेत्रमा जनै किन्नेहरु पनि भेटिएका थिए ।

वीरगञ्जको माइस्थान चोकमा रक्षा बन्धनका दिन दाजुभाइलाई लगाइदिने राखी खरिद गर्दै महिला । रक्षा बन्धनका दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधी दिनाले दिदीबहिनी र दाजभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१० झलारी बजारमा बुधबार रक्षा बन्धनका लागि राखि खरिद गर्दै महिला । रक्षा बन्धनका लागि राखि खरिद गर्ने महिलाको घुइँचो लागेको थियो ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

वीरगञ्जको माइस्थान चोकमा रक्षा बन्धनका दिन दाजुभाइलाई लगाइदिने राखी खरिद गर्दै महिला । रक्षा बन्धनका दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधी दिनाले दिदीबहिनी र दाजभाइका बीचमा प्रेम सम्बन्ध बढछ भन्ने सामाजिक मान्यता छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।

काठमाडौँको असनमा बुधबार क्वाटी किन्दै स्थानीय । जनैपूर्णिमाको दिन ११ थरिका गेडागुडी क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र चिसो नलाग्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ८ : ५३ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको