ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ सुरु « Khabarhub

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ सुरु


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा हिमालयन लिटरेचर फेस्टिभल सुरु भएको छ । न्युयोर्क राइटर्स वर्कसप र ह्वाइट लोटस बुक सप ललितपुरको आयोजनामा ठमेलस्थित काठमाडौँ गेस्ट हाउसमा दुईदिने साहित्य महोत्सव सुरु भएको हो ।

महोत्सवको आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि बेलायतका राजदूत रब फेनले संयुक्तरुपमा उद्घाटन गरिन्  ।

कार्यक्रममा मन्त्री चौधरीले फेस्टिभलले नेपाली साहित्यलाई विश्व साहित्यमाझ जोड्नका लागि पुलकारुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताइन्। 

मन्त्री चौधरीले साहित्यमार्फत विश्वको वातावरण संरक्षण, जलवायु परिवर्तन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका समस्या, पर्यटन प्रवर्द्धनलगायत विषय उजागर गर्न साहित्यकारलाई आग्रह गरिन् ।

नेपालका लागि बेलायती राजदूत फेनले विश्व साहित्यलाई नेपाली साहित्यमाझ जोड्नका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । उनले कार्यक्रममा आफ्नो कवितासमेत वाचन गरेर सुनाएका थिए । 

मंगलबारसम्म सञ्चालन हुने उक्त फेस्टिभलमा नेपाल र अन्तर्राष्ट्रिय साहित्य लेखनका क्षेत्रमा समूहगत छलफल, कविता वाचन, पुस्तक विमोचन, नाटक मञ्चनलगायत कार्यक्रम हुने ह्वाइट लोटस बुक सपका संस्थापक युयुत्सु आरडी शर्माले जानकारी दिए। उक्त कार्यक्रम छुट्टाछुट्टै तीन क्षेत्रमा बाँडेर सञ्चालन हुनेछन् ।

सोही अवसरमा साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा लिखित ‘चमेरो ः कोरोना कविता’ विमोचन हुने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ५ : ३३ बजे

एमाले उपाध्यक्ष विष्णु पौडेलको रिट न्यायाधीशद्वय ढुङ्गाना र पोखरेलको इजलासमा

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदन

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस