मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत बदर, ढल्यो गण्डकी सरकार « Khabarhub

मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत बदर, ढल्यो गण्डकी सरकार


१४ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ।

पूर्वमुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले हालेको रिट जारी हुने आदेश सर्वोच्च अदालतले सोमबार गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनील पोखरेलको इजलासले रिट जारी हुने आदेश गरेसँगै मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत पनि बदर भएको छ ।

६० सदस्यीय प्रदेश सभाका ३० जनाबाट प्राप्त मत बहुमत नहुने निर्णय सर्वोच्चले दिएको हो । अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताका रुपमा पाण्डेलाई नै मुख्यमन्त्री हुने बाटो पनि खुलेको छ ।

 यो मुद्दामा मंगलबार र बुधबार बहस भएको थियो । तर सुनुवाइ नसकिएको भन्दै यो रिटलाई  हेर्दाहेर्दामा राखेर सोमबार आदेश जारी गरिएको हो ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । तर गत वैशाख २४ गते प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले ३० जना सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको घोषणा गरिदिए। त्यसपछि कांग्रेस दलका नेता पाण्डे गत वैशाख २५ गते सर्वोच्च पुगेका थिए ।

यो रिटपछि मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय गर्न नदिने गरी सर्वोच्चबाटै अन्तरिम आदेश आएको थियो । वैशाख २८ गते न्यायाधीश अव्दुल अजिज मुसलमानको एकल इजलासले अधिकारीलाई दीर्घकालीन असर हुने निर्णय नगर्न भनेको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ७ : ४५ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले