आज २०८१ साल जेठ १५ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ १५ गते मंगलबारको राशिफल


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ १५ गते मंगलबार तदनुसार सन् २०२४ मे २८ तारिख। जेठ कृष्ण पक्षको पञ्चमी तिथि, गणतन्त्र दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय राम्रो छ। परिवारको सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। देशभित्र गरेको लगानीबाट फाइदा हुनेछ। विदेश यात्रामा जोखिम छ। राजनीतिक क्षेत्रमा खुट्टा तान्ने व्यक्ति सक्रिय छन्।

वृष : सिर्जनात्मक क्षमता बढ्ने योग छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ। विदेशमा रमाउने मोह बढ्ने देखिन्छ। साथीसँगको संगतले फाइदा हुनेछ।

मिथुन : मन चञ्चल हुनेछ। साथीसँग सोचेर बोल्नु राम्रो हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। घर सल्लाह गरेर मात्र ठुलो कामको सुरुवात गर्नु फलदायी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : मन अशान्त हुने योग छ। व्यापारमा घाटा भोग्नुपर्ने देखिन्छ। परिवारभित्र समेत झगडा हुने देखिन्छ। यसअघि गरेको लगानीबाट उत्साह बढ्ने भए पनि आज थप लगानी नगर्नु राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ।

सिंह : सम्मान प्राप्त हुने दिन छ। मन अशान्त हुँदा खानपानमा घडबढी हुनेछ। शान्त भएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक लगानीमा भने जोखिम देखिन्छ।

कन्या : दिन राम्रो छ। अरुलाई झुक्याएर आफू सफल हुने समय छ। शिक्षामा सफलता प्राप्त हुनेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ। लगानीको क्षेत्रमा निरन्तरको प्रयासले राम्रो आम्दानी हुने देखिन्छ।

तुला : ठुलो लगानी नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने तपाईं सफल हुने दिन छ। निजी काम गर्दागर्दै दिन बित्ने देखिन्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा हात नलगाउनु राम्रो हुनेछ।

वृश्चिक : पुरानो रोग बल्झने योग छ। धार्मिक क्षेत्रमा मन जानेछ। लगानीको क्षेत्रमा उचित मूल्यांकन हुनेछ। राजनीतिक र सामाजिकमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : लामो समयदेखि रोकिएको काम बन्नेछ। शिक्षामा सफलता मिल्नेछ। व्यापार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा राम्रो सहकार्य हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

मकर : बोलीमा मधुरता र मनमा उत्साह बढ्नेछ। राजनीतिमा ठुलो सफलता प्राप्त हुनेछ। खर्च बढ्ने योग छ। आफ्नै भनेका साथीहरुले आक्रमण गर्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारको भावना बुझ्न नसक्दा खटपटी बढ्ने योग छ।

कुम्भ : आर्थिक लाभ हुनेछ। लगानी गर्दा विवेक प्रयोग गर्नु राम्रो हुनेछ। तपाईंकै साथीले झुटा आरोप लगाउने भएकाले प्रतिवाद गर्नु राम्रो हुनेछ। तपाईंको प्रिय वस्तु हराउने जोखिम रहेकाले काम गर्दा सचेत हुनुपर्ने देखिन्छ।

मीन : घमण्डले घाटा हुनेछ। साथी र आफन्तसँग राम्रो व्यवहार गरेर अगाडि बढनु भएमा सफलता मिल्नेछ। ठुलो लगानीमा खर्च नगर्नु राम्रो होला। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ५ : ०३ बजे

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्पेनिस ला लिगा : अन्तिम मिनेटमा सम्हालिन नसक्दा रियल म्याड्रिड पराजित

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत शनिबार भएको खेलमा रियल

विश्वकपः आज सुपर-८ का दुई प्रतिस्पर्धा, दोस्रो खेलमा भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का दुई खेल

विश्वकपः सुपर-८ को पहिलो खेल वर्षाले अवरुद्ध हुँदा पाकिस्तान र न्युजिल्यान्डले अंक बाँडे

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को पहिलो खेलमा

निर्वाचन ११ दिन बाँकी : ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम

काठमाडौं – निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत