अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित « Khabarhub

अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी-२० विश्वकप अगाडिको पहिलो औपचारिक अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ।

सोमबार राति अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा टस जितेर सुरुमा क्यानडालाई ब्याटिङको निम्तो दिएको नेपालले कमजोर प्रदर्शन गरेको हो। क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा एक सय २० रन बनाएर अलआउट भयो।

नेपालका लागि कुशल मल्लले ३० बलको सामना गर्र्दै दुई चौका र दुई छक्काको मद्तमा सर्वाधिक ३७ रन बनाए।
दुई चौका र एक छक्का प्रहार गरेका अनिल साहले १६ बलमा २४ रन बनाउँदा आसिफ शेखले २२ रन बनाए। कुशल भुर्तेलले १६ बलमा १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

कप्तान रोहित पौडेल तीन बलको सामना गर्दै १ रन बनाएर आउट हुँदा सन्दीप जोराले १० बलको सामना गर्दै ६ रन बनाए। गुल्शन झा चार बलको सामना गर्दै शून्यमा आउट हुँदा सोमपाल कामीले ४ रन जोडेका थिए । करण केसी र सागर ढकालले समान ५–५ रन बनाउँदा अविनाश बोहोरा एक बलको सामना गर्दै शून्यमा आउट भएका थिए ।

नेपालविरुद्ध घातक बलिङ गरेका क्यानडाका लागि डिलन हेलिगरले चार विकेट लिए। उनको घातक बलिङमा नेपालको ब्याटिङ लाइन कमजोर बनेको थियो। साद बिन जाफर र जेरेमी गोर्डनले समान दुईदुई विकेट लिँदा कलिम साना र परगत सिंहले एकएक विकेट लिएका थिए।

यसअघि क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक प्रहार गरेका थिए। उनले ३९ बलमा ५२ रन बनाए। रवीन्द्रपाल सिंह ४१, नवनित धालिवालले ३२ रन बनाउँदा डिलन हेलिगर र परगत सिंहले समान १३-१३ रन बनाएका थिए। क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो।

नेपालका लागि अविनाश बोहराले २ विकेट लिँदा करण केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले समान एकएक विकेट हात पारे।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ५ : २८ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ