कांग्रेस संसदीय दलको बैठक बस्दै « Khabarhub

कांग्रेस संसदीय दलको बैठक बस्दै


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान १0 बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

कांग्रेसले केही समयदेखि सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको थियो ।

तर सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता पक्ष र कांग्रेस नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने कार्यादेश तय गरेसँगै संसदको अवरोध हट्ने देखिएको छ ।

पछिल्लो घटनाक्रमबारे सांसदहरूलाई जानकारी दिन पनि कांग्रेसले दलको बैठक बोलाएको हो।

 

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ७ : १९ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००