मानसिक स्वास्थ्य समस्या सरकारको प्राथमिकतामा परेन : डा. शर्मा « Khabarhub

मानसिक स्वास्थ्य समस्या सरकारको प्राथमिकतामा परेन : डा. शर्मा


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौंमानसिक स्वास्थ्य विशेषज्ञ डा. विश्वबन्धु शर्माले नेपालमा करिब २५ प्रतिशत जनसंख्या कुनै न कुनै रूपमा मानसिक अस्वस्थ रहेको बताएका छन् ।

सोमबार काठमाडौँ स्थित ग्रामिण स्वास्थ्य र शिक्षा गुठीद्धारा आयोजित “मानसिक स्वास्थ सवाल र सम्भावना– आम संचारको भूमिका” बारे छलफल कार्यक्रममा डा.शर्माले पछिल्लो समय घर परिवार र विद्यालयमा नै बालबालिकामैत्री व्यवहार नहुँदा किशोरावस्थामा यो समस्या झनै बढिरहेको उनले बताए । मानसिक रूपमा स्वस्थ रहन खानपान, निद्रा र दैनिक क्रियाकलापमा विशेष ध्यान र्पुयाउनुपर्ने डा. शर्माको भनाइ छ ।

उनले आफ्नो ४० वर्षको मानसिक स्वास्थ्य सेवा उपचारको अनुभवमा यो समस्यालाई पनि नसर्ने रोगको परिभाषा दिई उपचारका क्षेत्रमा प्राथमिकता दिनुपर्ने बताए । डा.शर्माले विश्वमा नसर्ने रोग क्यान्सर, मुटु, मृगौला लगायतका क्षेत्रलाई स्वास्थ्य उपचारका बिषयलाई निकै प्राथमिकता दिईएको छ तर नेपालमा मानसिक स्वास्थ्य समस्यालाई शुरुको चरण देखि जटिल अवस्थामा पुग्दा सम्म पनि सरकारको प्राथमिकताको लिष्टमा राखेको छैन ।

यदि समयमै उपचार गर्न सके मानसिक स्वास्थ्य समस्याबाट धेरै मानिसले छुटकारा पाई दैनिक जीवन यापन सहज हुने भएकोले यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भने म सन् १९७९ सालमा मानसिक स्वास्थ्य उपचारका विषयमा अध्ययन गर्दा यो विषय सरकारको प्राथमिकता मै थिएन । “१९८२ सालबाट नेपालको वीर अस्पतालको एउटा कोठाबाट मानसिक स्वास्थ्य सेवा सुरु गर्दाको अवस्थामा कुकुरले टोक्यो भने मानसिक अस्पतालमा उपचार गर्न आउँथे” अहिले स्वास्थ्य सेवामा धेरै परिवर्तन आएको छ । मानसिक स्वास्थ्यलाई जनमानसले सही तरिकाले बुझ्ने भएका छन् भने ।

मानसिक स्वास्थ्यको बिषयलाई आम संचार माध्यमबाट सन्देश फैलाउँनका लागि यस्ता छलफल कार्यक्रम महत्वपूर्ण हुने डा.शर्माले “ बताए । ” उनले शुरुका दिनमा मानसिक अस्पतालमा स्रोत, साधन, जनशक्ति, प्रचार प्रसारका माध्यम अहिले जस्तो थिएनन् । सरकारको कार्यक्रममा पनि मानसिक स्वास्थ्य उपचारले प्राथमिकता पाएकै थिएन । जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम पनि छदै थिएन ।

जब नेपालमा नीजि क्षेत्रका संचार माध्यमहरुको बिकास भयो त्यसपछि मात्र मानसिक स्वास्थ्य समस्याका बारेमा प्रचार प्रसार भयो र मानिसले उपचार गरे निको हुन्छ भन्ने बुझे र अस्पताल र चिकित्सकको खोजी गर्न थालेको उनको बुझाई छ । ज्येष्ठ नागरिकलाई पछिल्लो समय एक्लोपनले पनि डिप्रेसन, मानसिक स्वास्थ्य समस्या बढ्दो छ ।

त्यसैगरि बालबालिकाहरुलाई सामाजिक सञ्जाल, ग्याजेट, मोबाईल, इन्टरनेट लगायको अधिक प्रयोगले अनिन्द्रा बढ्ने र अनलाईनमा गेम खेल्ने, जुवातास खेल्ने, आफ्नो तहभन्दा माथिको फिल्महरु हेर्ने, अश्लिल फिल्म हेर्ने र त्यसको दुरुपयोग गर्दा विद्यालय तहमै बालबालिकाहरु यौन शोषण जस्ता घटनाको सिकार हुँदा मानसिक समस्या बढ्दो क्रममा छ । यसका साथै आफ्नै परिवार, नातागोता र परिचितहरूबाट पनि बालबालिकाको यौनशोषण हुने गरेको पाईएकोले यस्ता घटनाप्रति परिवार जबाफदेही हुनुपर्छ डा. शर्मा भन्छन् ।

सोही कार्यक्रममा जनस्वास्थ्यविज्ञ डा.अरुणा उप्रेतिले खानपान र मानसिक स्वास्थ्यको गहिरो सम्बन्ध रहेको एउटामा समस्या हुँदा अर्कोलाई असर पर्ने भएकाले खानपान र जीवनशैलीप्रति सजक हुन आग्रह गरिन् । वर्तमान परिस्थितमा बालबालिकालाई जंकफुड लगायतका बजारिया खाना खुवाउनु भन्दा घरमै बनाएका खाना खुवाउनुपर्ने कुरामा जोड दिइन् ।

 

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  १२ : २१ बजे

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको

गैर–मुस्लिम विदेशीलाई मदिराको पहुँच खुकुलो बनाउँदै साउदी अरब

रियाद- साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक’ द्वारा सम्मानित

काठमाडौं– नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्