पपुवा न्यूगिनिमा सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी « Khabarhub

पपुवा न्यूगिनिमा सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पपुवा न्युगिनीमा पहिरोमा परी ज्यान गुमाउनेको परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्  ।

प्रधानमन्त्री मोदीले पपुवा न्युगिनीमा भएको घातक पहिरोबाट ज्यान गुमाएको र क्षति भएकोमा दुःख व्यक्त गरे । उनले यस दुखद घडीमा भारत सबै सम्भव सहयोग गर्न तयार रहेको कुरामा जोड दिए। 

‘पपुवा न्युगिनीमा विनाशकारी पहिरोबाट भएको मानवीय र अन्य क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ । हामी पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ र घाइतेको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछौँ । भारत सबै सम्भव सहयोग प्रदान गर्न तयार छ, ‘ प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत भने । 

गत हप्ता शुक्रबार उत्तरी पपुवा न्युगिनीको पहाडी क्षेत्र एन्गामा विनासकारी पहिरो गएको हो । देशमा आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) का मिसन प्रमुखको अनुमानअनुसार पहिरोमा परी छ सय सत्तरी जनाको ज्यान गएको बताएका छन् । तर पपुवा न्युगिनीको विपद् एजेन्सीको पछिल्लो प्रक्षेपणअनुसार यो आँकलन कम हुन सक्ने बताएका हुन्।

स्थिति अस्थिर छ, पहिरो बढ्दै गइरहेको छ, जसले उद्धार टोली र बाँचेका दुवैका लागि जोखिम छ, उनले भने ।

अधिकारीका अनुसार यम्बली गाउँका एक सय पचासभन्दा बढी घर भासिएका छन् र यस क्षेत्र चरम जोखिममा रहेको छ बताएका छन् । 

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  १२ : ३६ बजे

वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेल वर्षाका

सरोकार समितिले भन्यो- विपद् र साइबर बुलिङबारे गृहमन्त्रीसँग छलफल गर्छौँ 

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले विपद्

नेपालको आठौँ विकेट पतन, शेर मल्ल आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी

रास्वपाले डीपीको ठाउँमा कसैलाई बनाएन उपसभापति, नयाँ सदस्य थपिँदा यस्तो बन्यो सचिवालय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याल (डीपी)को ठाउँमा कसैलाई

तनहुँका सेवाग्राहीको घरमै राहदानी

दमौली– जिल्ला हुलाक कार्यालय तनहुँले सेवाग्राहीलाई लक्षित गर्दै घरमै राहदानी