सिरोहियालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो « Khabarhub

सिरोहियालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नागरिकता कसुरमा सात दिनदेखि धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

हिरासतमा रहँदा स्वास्थ्य बिग्रिएपछि अध्यक्ष सिरोहियालाई उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं लगिएको हो । 

उनलाई काब्या अस्पतालका चिकित्सकले उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल लैजान रेफर गरेका थिए । चिकित्सकको सिफारिस अनुसार अहिले सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौं लगिएको हो । 

प्रहरी हिरासतमै रहँदा उच्चरक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उनी जनकपुरधामस्थित काब्या अस्पतालमा भर्ना भएका थिए ।

चिकित्सकले पनि काठमाडौं लैजान भनेपछि अहिले जिल्ला प्रहरी कार्यालयले आवश्यक कानुनी परामर्शका लागि छलफल गरेको थियो । त्यसपछि हेलिकोप्टर झिकाएर सिरोहियालाई ललितपुर लगिएको हो ।

सोमबार तेस्रो पटक म्याद थपका क्रममा पनि धनुषा जिल्ला अदालतले आवश्यक परेमा उपचारका लागि डाक्टरकहाँ लैजान आदेश दिएको थियो ।

अदालतले मंगलबारको आदेशमा स्वास्थ्य उपचार गर्न पाउने कुरा रोक्न नहुने जनाउँदै सुविधायुक्त ठाउँमा लैजाने गरी बाटो खोलिदिएको थियो ।

त्यहीअनुसार काब्या अस्पतालका चिकित्सकले पनि सिरोहियाला उपचारका लागि काठमाडौं लैजान सिफारिस गरेका थिए ।

सोमबार म्याद थपका लागि प्रहरीले उनलाई काब्या अस्पतालबाट एम्बुलेन्सबाटै जिल्ला अदालत धनुषामा उपस्थित गराएको थियो । 

अदालतले सोमबार तेस्रो पटक तीन दिनको म्याद थप गरिसकेको छ । यसअघि पनि अदालतले सिरोहियालाई पहिलो र दोस्रो पटक तीन–तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

गत मंगलबार उनलाई कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ गरी स्थलमार्गबाट धनुषा लगिएको थियो । त्यसपछि उनी धनुषा प्रहरीको हिरासत हुँदै काब्या अस्पतालमा भर्ना भएका थिए । 

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ३ : ३४ बजे

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर २० गते शनिबार तदनुसार