बजेटमा यस्ता छन्‌ अर्थमन्त्रीका ‘पञ्चतन्त्र’ « Khabarhub

बजेटमा यस्ता छन्‌ अर्थमन्त्रीका ‘पञ्चतन्त्र’

पाँच बूँदामा उद्धेश्य, प्राथमिकता, रणनीति र रूपान्तरणकारी क्षेत्र किटान


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‌ – अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको उद्धेश्य, प्राथमिकता, रणनीति र रूपान्तरणकारी क्षेत्रलाई पाँच बूँदामा किटान गरेका छन्‌ ।

संघीय संसद्‌को संयुक्त बैठकमा बजेट वक्तव्य वाचन गरिरहेका अर्थमन्त्री पुनले बजेटका उद्धेश्यदेखि रूपान्तरणकारी क्षेत्रलाई पाँच बूँदामा ढालेका हुन्‌ ।

‘आगामी कार्यदिशा स्पष्ट हुनेगरी बजेटका पाँच उद्धेश्य, पाँच प्राथमिकता, आर्थिक सुधारका पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्रका कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु,’ अर्थमन्त्रीले भनेका छन्‌ ।

पाँच उद्धेश्य :

१) उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु

२) निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु

३) मानव संशाधन विकास गर्नु

४) स्रोत साधनलाई सन्तुलित र समन्यायीक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु

५) सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु

पाँच प्राथमिकताः

१) आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन

२) कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन,औद्योगिक विकास तथा पूर्वाधार निर्माण

३) शिक्षा र स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास

४) समावेशीता, सामाजिक सुरक्षा

५) सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार परेको छ ।

आर्थिक सुधारका पाँच रणनीति :

१) संरचनागत सुधार

२) व्यवसायिक वातावरण सुधार

३) सार्वजनिक वित्त प्रणाली सुधार

४) वित्तीय क्षेत्र सुधार

५) सार्वजनिक प्रशासनमा सुधार

पाँच रूपान्तरकारी क्षेत्रः

१) कृषि क्षेत्रको रूपान्तरण

२) ऊर्जा क्षेत्रको विकास

३) सूचना प्रविधिको विकास

४) पर्यटन प्रवर्द्धन

५) उद्यमशीलता र औद्योगिक विकास

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ४ : ०३ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु