गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त हुँदै | Khabarhub Khabarhub

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त हुँदै


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुँदैछन् ।

सर्वोच्च अदालतको आदेशअनुसार पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।

पाण्डे संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

गत वैशाख २३ गते सभामुख कृष्ण धितालले उपस्थित संख्या ५९ को बहुमत ३० मानेर मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए । जसमा एमालेका २२, माओवादीका ७ र एक स्वतन्त्र उम्मेदवार गरी ३० जनाले मत दिएका थिए ।

तर, सर्वोच्चले उपस्थित संख्या नभई सभाको कुल सदस्य संख्या ६० को बहुमत कम्तीमा ३१ मत हुनुपर्ने ठहर गर्दै अधिकारीलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा पाण्डेलाई नियुक्त गर्न आदेश दिएको थियो ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुखसहित ८, राप्रपाका दुई र एक स्वतन्त्र सांसद छन् ।

गत वैशाख २५ गते पूर्वमुख्यमन्त्री पाण्डेले दायर गरेको रिट निवेदनमा मुख्यमन्त्री अधिकारीले लिएको मत असंवैधानिक रहेको दाबी गरेका थिए ।

 

 

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ९ : ०२ बजे

औषधिमा २५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने ट्रम्पको संकेत

एजेन्सी – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य

पानीपुरी र चटपटेका ठेला खोज्दै काठमाडौँ महानगर, बिक्री अनुगमन गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत वर्ष १८ पर्यटकको मृत्यु

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान