बुवालाई चिठी लेखेर घरबाट भागेका दाजुभाइ फेसबुकको सहयोगमा भेटिए « Khabarhub

बुवालाई चिठी लेखेर घरबाट भागेका दाजुभाइ फेसबुकको सहयोगमा भेटिए


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


59.2k
Shares
  • change font
  • change font
  • change font

झापा- गणतन्त्र दिवसको अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएपछि १४ वर्षीय खगेन्द्र खड्का र उनका १३ वर्षीय भाइ देव खड्का फुर्सदिला थिए ।

जुम्ल्याहा जस्ता देखिने यी दाजुभाइले मंगलबार अनौठो हर्कत गरे । जसले मंगलबार दिनभर र रातभर उनका बाबुआमा र नातागोतालाई दिनुसम्म तनाव दियो ।

गणतन्त्र दिवसका कारण सार्वजनिक बिदा हुँदा फुर्सदिला बनेका दुई दाजुभाइ मंगलबार बिहानैदेखि गाउँनजिकै धान झार्न आएको ट्याक्टर हेर्न व्यस्त थिए । खासमा बाबु एकै भए पनि उनीहरू दुई आमाका सन्तान हुन् । उनीहरू एकअर्कालाई बहुतै माया गर्छन्, भाग्ने कुरामा पनि उनीहरूबीच मत मिल्यो ।

झापाको गौरादह नगरपालिका-१ बेलडाँगी चौकमा बसोबास गर्दै आएका भूपेन खड्का सन्तान यी दाजुभाइले मंगलबार बुवाआमाको नाममा लेखेको चिठी भाइरल भयो ।

कारण थियो, बयस्क मानिसले जस्तै उनीहरूले बुवा भूपेनको नाममा चिठी लेखेर घर छाडेका थिए ।

उमेरले जेठा भए पनि खगेन्द्र स्थानीय मोती माध्यमिक विद्यालय गौरादहको कक्षा ६ र भाइ देव कक्षा ९ का विद्यार्थी हुन् । घरबाट भाग्ने सल्लाह गरेपछि बुवाको नाममा चिठी लेखेका थिए भाइ देवले ।

जुन चिठीमा उनीहरूकै भाषामा भनिएको थियो, ‘ड्याडी अब हामी गएको, अब हामीलाई नखोज्नू, हामी जहाँ गए पनि खुसी हुनेछौँ । हामी तपाईंकै यादमा बस्नेछौँ । ड्याडी हामी गौरीगञ्जतिर गएका छौँ । हामी ममी र दिदीलाई पनि सम्झिनेछौँ, हामी ठूलो भएपछि आउनेछौँ । अब हामी गयौँ ड्याडी, हामीलाई नखोज्नु है। हामी खुसी रहनेछौँ । ड्याडी तपाईंले हामीलाई जति खोज्नु हुन्छ, हामी त्यति नै भाग्छौँ , त्यही भएर हामीलाई नखोज्नू, बाई ड्याडी !’

बिहानभरी ट्याक्टरले धान झारेको रमिता हेरेका छोराहरू लेखेर छाडेको यो चिठी देखेपछि खैलाबैला भयो । बाबुआमा र नातागोताले छरछिमेकीदेखि प्रहरीलाई समेत गुहारे । गौरीगञ्ज बजार सबै चहार्दा पनि उनीहरू भेटिएनन् ।

खैलाबैला बढ्दै जाँदा उनीहरूको तस्बिर र चिठीसहितको विवरण सामाजिक सञ्जालसम्म पुग्यो । बाहुनडाँडोसहितका फेसबुक ग्रुपमा दाजुभाइको तस्बिर र चिठी राख्दै उनीहरू हराएको सूचना निकालियो ।

तर, उनीहरूको कुनै अत्तोपत्तो खुलेन । यसबीचमा मंगलबार राति फेसबुकमा हालेका तस्बिरसँग मिल्ने हुलियासहितका दुईजना किशोर मोरङको पथरी बजारमा देखिए । पथरी बजारकी एक महिलाले फेसबुकमा देखिएका तस्बिरसँग मिल्ने हु्लियासहित बालकहरू देखेपछि खैलाबैला गरिन्, प्रहरीलाई सूचना दिइन् ।

फेसबुकमा बालकहरूको विवरण तथा उनका अभिभावकको पनि मोबाइल नम्बर राखिएको थियो । पथरीमा भेटिएका उनीहरूलाई मंगलबार मध्यराति नै प्रहरीको जिम्मा लगाइयो । प्रहरीले पनि उनीहरूका बुवा भूपेनलाई तत्कालै फोन गर्‍यो ।

मध्यराति भइसकेको अवस्थामा यी दुई बालक मंगलबार राति पथरी प्रहरीमै बसे। बिहान झापाबाट आएर बुवा भूपेनले दुवै छोरालाई जिम्मा लिएर गइसकेका छन् । अहिले दुवैजना घर पुगिसकेका छन् ।

घरबाट निस्केपछिको कथा…

दुवैजनाले चिठीमा गौरीगञ्ज जाने बताए पनि करिब २० किलोमिटर पैदलै हिँडेर दिनभरमा मोरङको पथरीसम्मको यात्रा तय गरेका थिए । अहिलेको चर्की गर्मीको प्रवाह नगरी उनीहरू दिनभर पैदलै पथरीसम्म पुगे ।

बुवा भूपेनका अनुसार झापादेखि मोरङसम्म पुग्दा उनीहरूले तीन ठाउँमा पानी र खानेकुरा मागेका थिए ।

त्यसक्रममा उनीहरूले आफूहरूका बुवाआमा नभएको बताएका थिए । भूपेनका अनुसार मोरङको कानेपोखरीस्थित जेठीसासूको घरमा यसअघि पनि उनीहरू जाने गरेका थिए । दशैँसहितका चाडमा उनीहरू त्यहाँ पुग्थे । तर यसपटक कानेपोखरीमा नपसी पथरी बजार पुगेको अवस्थामा भेटिए ।

‘उनीहरूको मनमा के थियो, थाहा भएन । चौकीमा प्रहरीले के पिरलो भयो र घर छाड्यौ भन्दा आमाले कराउने गरेको जवाफ उनीहरूले दिएछन्’, भूपेनले खबरहबसँग भने, ‘भाइलाई अहिले घरमा ल्याएर सोध्दा, दाजुले जाऊँ भनेपछि हिँडेको जवाफ दिँदैछ । किन हिँड्यौ भन्दा ममीले कराएको करायै गर्नु हुन्छ अनि हिँडेको भन्दैछन् ।’

उनीहरूले बाटोमा खानेकुरा र पानी माग्दा पनि अनौठो तर्क गरेका थिए । ‘२० किलोमिटर यात्रा छिचोल्दा भोकैतिर्खै परेपछि केही ठाउँमा मागेछन् । गुवाबारी स्कुलतिर माग्दै माग्दै गएका रहेछन्’, भूपेनले भने, ‘माग्दै हिँड्ने क्रममा पथरीमा एकजना महिलाले देख्नु भएछ । उहाँले फेसबुकमा सूचना देखेकाले सजिलो भयो । मागेर हिँड्ने क्रममा दुवैले हाम्रा बाबुआमा छैनन्, क्यान्सरले बितिसक्नु भयो । हामीलाई बाँच्न गाह्रो भएकाले माग्दै हिँडेका हौँ भनेछन् ।’

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १ : ०८ बजे

प्रधानमन्त्री बालेन भेट्न सिंहदरबार पुगे इयूका राजदूत र मिसन प्रमुख

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार युरोपेली सङ्घ (इयू)मा

अटो चालकको पेसामा महिलाको आकर्षण

कर्णाली– पछिल्लो समय अटो चालक व्यवसायमा महिलाहरू आकर्षित हुँदै गएका

दिगो पर्यटन प्रवर्द्धनका लागि पञ्चवर्षीय रणनीति

काठमाडौं– नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)

क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपले फिर्ता बोलायो

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट सङ्घ

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी– कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम