सेती अस्पातालमा नवजात शिशुको मृत्यु, अस्पतालले लापरबाही गरेको आरोप « Khabarhub

सेती अस्पातालमा नवजात शिशुको मृत्यु, अस्पतालले लापरबाही गरेको आरोप


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–७ की शारदा भट्टको नवजात शिशुको सेती अस्पतालमा मृत्यु भएको हो । भट्टलाई सेती प्रादेशिक अस्पतालमा मङ्गलवार साढे ८ बजे राति भर्ना गरिएको थियो। भट्टले शल्यक्रिया बिना छोरालाई जन्म दिएकी थिइन् । तर, राति पौने १ बजे उनको छोराको मृत्यु भएको अस्पतालले बताएको थियो ।

आफन्तहरूले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन् । बच्चाको स्वास्थ्य अवस्था राम्रो छ भनेको १० मिनेटमा मृत्युको खबर दिएको भट्टका आफन्तले बताएका छन् । अस्पतालमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । तर, अस्पतालले शिशुको मृत्यु हुनुको कारण खुलाएको छैन ।

सेती अस्पतालमा सो विषयमा बैठक हुने भएको छ । बैठकपछि मात्र नवजात शिशुको मृत्युको कारण अस्पतालले बनाउने सूचना अधिकारी किशोर श्रेष्ठले बताए ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १ : ०९ बजे

चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

काठमाडौं- यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’

तेस्रो सातामा पनि नीताको फिल्म ‘पार्वती’ले गर्न सकेन चमत्कार, मात्रै ४७ लाखको व्यापार

काठमाडौं – घरेलु बक्स अफिसमा फ्लप भएको नायिका नीता ढुंगानाको

दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र