कैलालीमा थप छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता « Khabarhub

कैलालीमा थप छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीमा चालु आर्थिक वर्षको १० महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग नयाँ दर्ता भएका छन् । 

एक सय ३० उत्पादनमूलक, दुई सय ९६ कृषि र दुई सय ३५ सेवामूलक गरी छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता भएका कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले बताए।

पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्यरूपमा बढ्दै गएको पाइएको छ । महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढ्दै गएको कार्यालयले जनाएको छ । 

कैलालीमा हालसम्म १५ हजार चार सय ९६ उद्योग दर्ता भएका छन् । कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा उत्पादनमूलक तीन हजार दुई सय १५, कृषिमूलक छ हजार पाँच सय १७,  निर्माणका दुई, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक पाँच हजार छ सय ८५ उद्योग दर्ता भएका छन् । दर्ता उद्योगमध्ये एक सय ३७ उद्योगको दर्ता खारेज भएको जनाइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योग सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन् । कार्यालयमा गएर आधिकारिक रुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका ती उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत जोशीको भनाइ छ । 

साना उद्योग कार्यालयमा दर्ता भएका १५ हजार चार सय ९६ उद्योगमा रु २५ अर्ब लगानी प्रस्ताव गरिएको छ । यसैगरी चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा घरेलु तथा साना उद्योग कार्यालयले रु एक करोड ४४ लाख ९७ हजार राजस्व संकलन गरेको उनले बताए । 

गत आर्थिक वर्ष २०७९-८० मा सो कार्यालयले ५२ लाख १६ हजार राजस्व संकलन गरेको थियो । वाणिज्य तथा आपूर्ति कार्यालयले तीन हजार छ सय ७६ व्यावसायिक फर्म घरेलु तथा साना उद्योग कार्यालयलाई हस्तान्तरण गरेका कारण गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा राजस्व संकलनमा वृद्धि भएको जनाइएको छ । 

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १ : ०५ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह

साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा

एटलान्टा – युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार ८ गते सोमबार सन् २०२६