पद्मकन्या क्याम्पसमा मंगलादेवी सिंह फाउन्डेसनको अक्षयकोष स्थापना « Khabarhub

पद्मकन्या क्याम्पसमा मंगलादेवी सिंह फाउन्डेसनको अक्षयकोष स्थापना


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पद्मकन्या बहुमुखी क्याम्पसमा मंगलादेवी सिंह फाउन्डेसनले ५ लाख राशीको अक्षय कोष स्थापना गरेको छ।

फाउन्डेसनकोतर्फबाट सिर्जना सिंहले अक्षय कोषका लागि ५ लाख राशीको चेक क्याम्पस प्रमुखलाई हस्तान्तरण गरेकी छन् । पद्मकन्या क्याम्पसमा आज एक कार्यक्रमकाबिच अक्षयकोष स्थापना गरिएको हो । 

पद्मकन्या क्याम्पसको राजनीतिशास्त्रका विद्यार्थीका लागि । एम. ए.र स्नातक तहका विद्यार्थीलाई प्रत्येक वर्ष अक्षय कोषबाट छात्रवृत्ति दिइनेछ । क्याम्पस प्रमुख  प्रा. डा. जयालक्ष्मी प्रधानले अक्षयकोष स्थापनाले आफूहरू उत्साही भएको भन्दै फाउन्डेसनलाई धन्यवाद दिइन् । उनले पद्मकन्या स्थापनामा समेत मंगलादेवी सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।

फाउन्डेसनको तर्फबाट बोल्दै नेतृ सिंहले नेपालको राजनीतिमा मंगलनलेवी सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । महिलाहरूका लागि छुट्टै विद्यालय र  क्याम्पस स्थापनाका लागि मंगलादेवी सिंहले गरेको सङ्घर्षको चर्चा गरेकी थिइन् । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम र राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीले अक्षयकोषको स्थापनाले गरिब, जेहनदार विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  २ : ५५ बजे

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ