हाजिरी जमानीमा रिहा भए कैलाश सिरोहिया « Khabarhub

हाजिरी जमानीमा रिहा भए कैलाश सिरोहिया


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा भएका छन् ।

गत मंगलबार नागरिकतासम्बन्धी काठमाडौंबाट पक्राउ परेका उनी अहिले ललितपुरको मेडिसिटी अस्पतालमा छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले सिरोहियालाई हाजिर जमानतमा रिहा गरिएको जानकारी खबरहबलाई दिएका छन् ।

प्रहरीले सिरोहियालाई हाजिरी जमानतमा रिहा गर्नका लागि जिल्ला सरकारी वकिलको कार्यालयलाई आग्रह गरेको थियो ।

प्रहरीको आग्रह अनुसार सिरोहियालाई सरकारी वकिलको कार्यालयले हाजिरी जमानमा रिहा गरिदिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले स्वीकृति दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा उनलाई ललितपुर प्रहरीले मेडिसिटी अस्पतालबाटै हिरासतबाट मुक्त गरेको हो ।

रिहा भएका सिरोहियाको बुधबार जिल्ला अदालत धनुषामा चौथो पेसी छ । उनी उक्त पेसीका क्रममा काठमाडौंबाटै भिडि‌ओ कन्फरेन्स कलबाट उपस्थित हुने भएका छन् ।

गत मंगलबार पक्राउ परे‍पछि उनलाई अदालतबाट तीन पटकमा ९ दिनसम्म म्याद थपेर हिरासतमा राखिएको थियो । दोस्रो पटक म्याद थप गरिएपछि उनी धनुषाको काब्या अस्पतालमा भर्ना भएका थिए ।

तेस्रो पटकको म्याद थपिएपछि उनी गम्भीर बिरामी परेको भन्दै हेलिकोप्टरबाट उपचारका लागि मेडिसिटी अस्पताल ल्याइएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ८ : २२ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग