हाजिरी जमानीमा रिहा भए कैलाश सिरोहिया | Khabarhub Khabarhub

हाजिरी जमानीमा रिहा भए कैलाश सिरोहिया


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा भएका छन् ।

गत मंगलबार नागरिकतासम्बन्धी काठमाडौंबाट पक्राउ परेका उनी अहिले ललितपुरको मेडिसिटी अस्पतालमा छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले सिरोहियालाई हाजिर जमानतमा रिहा गरिएको जानकारी खबरहबलाई दिएका छन् ।

प्रहरीले सिरोहियालाई हाजिरी जमानतमा रिहा गर्नका लागि जिल्ला सरकारी वकिलको कार्यालयलाई आग्रह गरेको थियो ।

प्रहरीको आग्रह अनुसार सिरोहियालाई सरकारी वकिलको कार्यालयले हाजिरी जमानमा रिहा गरिदिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले स्वीकृति दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा उनलाई ललितपुर प्रहरीले मेडिसिटी अस्पतालबाटै हिरासतबाट मुक्त गरेको हो ।

रिहा भएका सिरोहियाको बुधबार जिल्ला अदालत धनुषामा चौथो पेसी छ । उनी उक्त पेसीका क्रममा काठमाडौंबाटै भिडि‌ओ कन्फरेन्स कलबाट उपस्थित हुने भएका छन् ।

गत मंगलबार पक्राउ परे‍पछि उनलाई अदालतबाट तीन पटकमा ९ दिनसम्म म्याद थपेर हिरासतमा राखिएको थियो । दोस्रो पटक म्याद थप गरिएपछि उनी धनुषाको काब्या अस्पतालमा भर्ना भएका थिए ।

तेस्रो पटकको म्याद थपिएपछि उनी गम्भीर बिरामी परेको भन्दै हेलिकोप्टरबाट उपचारका लागि मेडिसिटी अस्पताल ल्याइएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ८ : २२ बजे

‘सिडिओ’ पैदलै गाउँमा आएपछि…

सङ्खुवासभा– किमाथाङ्कास्थित भन्सार कार्यालयको नाममा रहेको जग्गाको नापजाँच र चारकिल्ला

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ

काभ्रेको बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

काभ्रे– जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा इलाका

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

हुम्ला– मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या

काठमाडौं – जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेका एक व्यक्तिले छुटेकै