बागमतीलगायत चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना « Khabarhub

बागमतीलगायत चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको प्रभावसँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ ।

आज दिउँसो कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

आज सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ६ : ११ बजे

एसियाली खेलकुद : महिला क्रिकेट छनोटमा आज चीनसँग भिड्दै नेपाल

काठमाडौँ – नेपाली महिला क्रिकेट टोली बुधबार एसियाली खेलकुदको महिला

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा ताताे हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युद्धविराम उल्लंघन गर्दै अमेरिकाको हमला, इरानले दियो प्रतिवादको चेतावनी

तेहरान – इरानले आफ्नो देशमाथि अमेरिकाले गरेको नयाँ हवाई आक्रमणलाई

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएलको फाइनलमा

काठमाडौँ – डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग