राष्ट्रपतिको कदमविरुद्ध १६ राज्यको मुद्धा दर्ता « Khabarhub

राष्ट्रपतिको कदमविरुद्ध १६ राज्यको मुद्धा दर्ता


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको राष्ट्रिय संकटकालको घोषणाविरुद्ध अमेरिकाका १६ राज्यले अदालतमा मुद्धा दायर गरेका छन् । क्यालिफोर्निया राज्यको नेतृत्वमा अमेरिकाका १६ राज्यले ट्रम्पको कदमविरुद्ध अदालतमा मुद्धा दायर गरेका हुन् ।

१६ राज्यको गठबन्धनले अमेरिकाको युएस डिष्ट्रिक कोर्ट फर द नर्दन डिष्ट्रिक अफ क्यालिफोनिया अदालतमा मुद्धा दायर गरेका हुन् ।क्यालिफोर्निया राज्यका न्यायाधीवक्ता ह्याभियर बेकेराले विज्ञप्ति जारी गर्दै मेक्सिकोको सीमामा पर्खाल लगाउनकै लागि राष्ट्रपति ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकट संविधानले राष्ट्रपतिलाई दिएको संवैधानिक अधिकारको दुरुपयोग भहेको भन्दै मुद्धा दायर गरिएको जनाएका छन् ।

मुद्धा दायर गर्ने राज्यहरुमा क्यालिफोर्नियासहित कनेक्टिकट, इलेनोई, कोलोराडो, डेलावायर, हवाई, न्यूजर्सी, मइन, न्यु मेक्सिको, न्यूयोर्क, नेभेदा, ओरेगन, मेरिल्याण्ड, भर्जिनिया, मिन्नेसोटा, मिशिगन राज्य छन् ।

यसअघि गत शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि मुलुकमा राष्ट्रिय संकटको घोषणा गरेका थिए । घोषणाका क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो यो कदमविरुद्ध कानूनी लडाईँ हुनसक्ने र त्यसका लागि आफ्नो प्रशासन तयार रहेको समेत जनाएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ५ : २८ बजे

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा