काठमाडौंमा चर्को हावाहुरी, बस्न सकेनन् जहाज, कुनै जनकपुर कुनै भैरहवा डाइभर्ट « Khabarhub

काठमाडौंमा चर्को हावाहुरी, बस्न सकेनन् जहाज, कुनै जनकपुर कुनै भैरहवा डाइभर्ट


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा बिहीबार साँझ चर्को हावाहुरी चलेको छ । चट्याङसहित हावाहुरी चलेपछि काठमाडौं आइरहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

चट्याङसहित तीव्र हावाहुरी चलेकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट र होल्ड गरिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार आन्तरिक उडानका केही जहाज डाइभर्ट भएका छन् ।

काठमाडौंबाट झापाका लागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन नसकेर जनकपुर विमानस्थलमा पुगेको छ ।

झापाका लागि उडेको जहाजमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका यात्रु थिए ।

भद्रपुरबाट काठमाडौं फर्किएको अर्को जहाज पनि त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेर जनकपुर नै पुगेको छ ।

उता खराब मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि धनगढीबाट उडेको श्री एअरलाइन्सको जहाज भैरहवा विमानस्थलमा अवतरण गरेको छ ।

साहित्यकार डा. नवराज लम्सालका अनुसार ७२ जना यात्रु बोकेको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भैरहवा डाइभर्ट भएको थियो ।

मौसममा सुधार आएपछि जहाज पुनः काठमाडौँ उड्ने चालक दलका सदस्यले बताएका लम्सालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ७ : ४२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा