विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो  « Khabarhub

विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो 


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व सुर्तीजन्य पदार्थरहित दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

दिवसका अवसरमा काठमाडौं लगायत देशका विभिन्न स्थानमा जनचेतनामूलक र्‍याली लगायत अन्तर्क्रिया कार्यक्रमहरू आयोजना गरिएको थियो ।

यसै अवसरमा विराटनगरमा सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔँ भन्ने नारा सहित अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले सुर्तीजन्य पदार्थ सेवन र मद्यपान सेवन रोक्न कानुन निर्माण गरेर मात्र नपुग्ने धारणा राखेका थिए । सो कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बालबालिकाहरूलाई सुर्तीसेवन र मद्यपान सेवनबाट जोगाउन सचेतना कार्यक्रमहरू ल्याउनु पर्ने बताए ।

विराटनगर महानगरपालिका र स्वास्थ्य कार्यालय मोरङले आयोजना गरेको सो कार्यक्रममा सुर्तीजन्य पदार्थ सेवन तथा मद्यपान सेवनबाट स्वास्थ्यमा हुने जोखिम, कानुनी प्रावधान र समाजको जिम्मेवारी बारे छलफल गरिएको थियो ।

नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरूको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालले सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र संकेत चिह्न अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ७ : १५ बजे

‘सार्वजनिक ऋणको बारेमा जनताले थाहा पाउनुपर्छ’

सार्वजनिक ऋण भनेको सरकारको ऋण हो हामीले किन थाहा पाउनुपर्यो

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज