मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेपछि बालेनको सिंगापुर भ्रमण रद्ध « Khabarhub

मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेपछि बालेनको सिंगापुर भ्रमण रद्ध


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले संघीय सरकारबाट स्वीकृति मिलिसकेपछि सिंगापुर भ्रमण रद्ध गरेका छन् ।

यही जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा हुन लागेको नवौँ ‘वर्ल्ड सिटी समिट’मा भाग लिन बालेनले संघीय सरकारसँग स्वीकृतिका लागि पत्र पठाएका थिए ।

उक्त पत्रअनुसार संघीय सरकारको  मन्त्रिपरिषद्ले बालेनको सिंगापुर भ्रमण स्वीकृत गरेको थियो।

सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिटमा सहभागी हुन मेयर साह जाने तालिका थियो । तर नयाँ आर्थिक वर्षको बजेट निर्माणमा समय  दिनुपरेपछि उनले सिंगापुर नजाने निर्णय लिएका थिए ।

सिंगापुर जान अनुमति मागेपछि नजाने निर्णय गरेका उनले तर त्यसबारे संघीय सरकारलाई जानकारी दिएका थिएनन्।  साहले सिंगापुर जाने कार्यक्रम रद्ध भएको जानकारी नदिँदा मन्त्रिपरिषद्ले शुक्रबार निर्णय गरेको थियो ।

बालेनको भ्रमणबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको जानकारी शुक्रबार सरकारकी प्रवक्ता एवम् सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले दिएकी थिइन् ।

काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले मेयर साह नजाने भएपछि अब उक्त समिटमा काठमाडौं महानगरपालिकाको सहभागिता नरहने बताए ।

‘केही समयअघि नै भ्रमण अनुमतिका लागि पत्र लेखिएको हो’, अधिकारीले भने, ‘तर बीचमा  नजाने निर्णय भएको थियो । त्यसबारे जानकारी गराउन नपाएकाले संघीय सरकारबाट निर्णय भएर आएछ। सिंगापुर जाने मेयरको कार्यक्रम यसअघि नै रद्ध भइसकेको छ ।’

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ७ : ५१ बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि