पुर्जाले गरे पूर्व मिस फिनल्याण्डले लगाएको यौन दुर्व्यवहारको आरोपको खण्डन « Khabarhub

पुर्जाले गरे पूर्व मिस फिनल्याण्डले लगाएको यौन दुर्व्यवहारको आरोपको खण्डन


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चर्चित आरोही निर्मल पुर्जाले पूर्व मिस फिनल्याण्डले लगाएको यौन दुर्व्यवहारको आरोपको खण्डन गरेका छन्।

‘द न्युयोर्क टाइम्स’ले हिमाल आरोहणका क्रममा पुर्जाबाट पूर्व मिस फिनल्याण्ड लोट्टा हिन्टसा र डा. अप्रिल लियोनार्डोले आफूहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसलगत्तै पूर्जाले आरोपको खण्डन गरेका हुन्।

हिन्टसाले सन् २०१९ मा प्रकाशित उनको संस्मरणमा ‘एक चर्चित आरोही’ बाट दुर्व्यवहारमा परेको उल्लेख गरेकी थिइन्। न्युयोर्क टाइम्ससँगको पछिल्लो कुराकानीमा उनले पुर्जाको नाम उल्लेख गरेकी हुन्। समाचारमा उल्लेख भए अनुसार पुर्जाले उनको कोठामा पुगेर जबरजस्तीको प्रयास गरेका थिए। त्यसलाई अस्वीकार गरेपछि पूर्जाले छेउमा बसेर हस्तमैथुन गरेको उनले बताएकी हुन्।

समाचारमा उल्लेख भए अनुसार डा. अप्रिल लियोनार्डोलेसमेत पूर्जाले जबरजस्ती गर्न खोजेको बताएकी छन्। पूर्जाले जबरजस्ती चुम्बन लिएको उनको दाबीसहितको समाचार प्रकाशित भएको हो। केटू हिमाल आरोहणमा गाइड रहेका पूर्जाले जबरजस्ती गरेको उनको दाबी छ।

पूर्जाले आफ्नो इस्टाग्राम (निम्सदाइ)मा स्टोरी राख्दै आरोपको खण्डन गरेका हुन्। आफूले कुनै गल्ती नगरेको उनको भनाइ छ। आरोप सबै झुटो भएको दाबीसमेत उनले आफ्नो पोस्टमा गरेका छन्। समाचारमा गल्ती भएको भन्दै त्यसको कानुनी उपचार खोज्ने पूर्जाले बताएका छन्।

सन् २००८ मा विश्वका आठ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरेपछि पुर्जा चर्चामा थिए। उनी पछिल्लो समय हिमाल आरोहणसम्बन्धी कम्पनी सञ्चालन गर्दै आएका छन्।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ९ : २३ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय