पुर्जाले गरे पूर्व मिस फिनल्याण्डले लगाएको यौन दुर्व्यवहारको आरोपको खण्डन « Khabarhub

पुर्जाले गरे पूर्व मिस फिनल्याण्डले लगाएको यौन दुर्व्यवहारको आरोपको खण्डन


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चर्चित आरोही निर्मल पुर्जाले पूर्व मिस फिनल्याण्डले लगाएको यौन दुर्व्यवहारको आरोपको खण्डन गरेका छन्।

‘द न्युयोर्क टाइम्स’ले हिमाल आरोहणका क्रममा पुर्जाबाट पूर्व मिस फिनल्याण्ड लोट्टा हिन्टसा र डा. अप्रिल लियोनार्डोले आफूहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसलगत्तै पूर्जाले आरोपको खण्डन गरेका हुन्।

हिन्टसाले सन् २०१९ मा प्रकाशित उनको संस्मरणमा ‘एक चर्चित आरोही’ बाट दुर्व्यवहारमा परेको उल्लेख गरेकी थिइन्। न्युयोर्क टाइम्ससँगको पछिल्लो कुराकानीमा उनले पुर्जाको नाम उल्लेख गरेकी हुन्। समाचारमा उल्लेख भए अनुसार पुर्जाले उनको कोठामा पुगेर जबरजस्तीको प्रयास गरेका थिए। त्यसलाई अस्वीकार गरेपछि पूर्जाले छेउमा बसेर हस्तमैथुन गरेको उनले बताएकी हुन्।

समाचारमा उल्लेख भए अनुसार डा. अप्रिल लियोनार्डोलेसमेत पूर्जाले जबरजस्ती गर्न खोजेको बताएकी छन्। पूर्जाले जबरजस्ती चुम्बन लिएको उनको दाबीसहितको समाचार प्रकाशित भएको हो। केटू हिमाल आरोहणमा गाइड रहेका पूर्जाले जबरजस्ती गरेको उनको दाबी छ।

पूर्जाले आफ्नो इस्टाग्राम (निम्सदाइ)मा स्टोरी राख्दै आरोपको खण्डन गरेका हुन्। आफूले कुनै गल्ती नगरेको उनको भनाइ छ। आरोप सबै झुटो भएको दाबीसमेत उनले आफ्नो पोस्टमा गरेका छन्। समाचारमा गल्ती भएको भन्दै त्यसको कानुनी उपचार खोज्ने पूर्जाले बताएका छन्।

सन् २००८ मा विश्वका आठ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरेपछि पुर्जा चर्चामा थिए। उनी पछिल्लो समय हिमाल आरोहणसम्बन्धी कम्पनी सञ्चालन गर्दै आएका छन्।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ९ : २३ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२