वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न | Khabarhub Khabarhub

वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध सिकार तथा वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । 

हिजो फ्रान्सेली राजदूतावास र फ्रान्सेली अन्तर्राष्ट्रिय सुरक्षा सहयोग निर्देशनालयको आयोजनामा भएको गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,  वन तथा वातावरण मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालयलगायत वन्यजन्तु संरक्षण ता बेचविखनविद्धकोक अभियानमा संलग्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । 

अष्ट्रेलिया, बङ्गलादेश, भुटान, कम्बोडिया, भारत, इण्डोनेसिया, माल्दिभ्स, सिंगापुर, श्रीलंका, थाइल्याण्ड, संयुक्त राज्य अमेरिका, फ्रान्सको वातावरणीय र जनस्वास्थ्य अपराध समन्वय केन्द्रीय कार्यालय र फ्रान्सेली भन्सारका प्रतिनिधिको उपस्थितिमा भएको गोष्ठीमा फ्रान्सको दूतावासका कार्यवाहक राजदूत लीला देवरादजालोले गोष्ठीको औचित्यबारे चर्चा गर्दै यसमा १३ देशको सहभागिताले यसको आवश्यकता र महत्वलाई दर्शाएको बताए। 

उनले वन्यजन्तुमाथिको आक्रमणको भयावह हुने चेतावनी दिनुभएको दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयका प्रमुख  सञ्जय देउजाले राष्ट्रिय निकुञ्जमा सिकारी नियन्त्रणमा नेपाली सेनाको प्रयासबारे जानकारी दिँदै ‘नेपाली सेना हाम्रो राष्ट्रको समृद्ध जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षणमा आफ्नो प्रतिबद्धतामा अडिग छ । हाम्रा समर्पित कर्मचारीहरू लोपोन्मुख प्रजातिहरूको संरक्षण, सिकार र वन्यजन्तुको अवैध ओसारपसारबाट जोगाउन अथक प्रयास गरिरहेका छन्,’ उनले भने । 

दूतावासका प्रहरी सहचारी फाब्रिस कोटेलले वन्यजन्तु संरक्षण तथा अवैध सिकार एवं ओसापसारविरुद्ध दुई वर्षदेखिको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्नुपर्नेमा जोड दिँदै कार्यशाला समापन गरेका थिए । 

 वन्यजन्तुको चोरी सिकारी तथा वनको वातावरण विनाश गर्नेविरुद्ध प्रभावकारी रूपमा लड्न फ्रान्सेली मन्त्रालयको लागि युरोप र विदेश मामिलाको सुरक्षा सहयोग निर्देशनालयले आर्थिक सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  १२ : ३६ बजे

जनार्दनलाई प्रचण्डले भने- पुनर्विचार गरेर पार्टीमै फर्किनुस्

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी

सञ्चारमाध्यमलाई सञ्चारमन्त्रीले भने- निर्वाचनमैत्री ‘कन्टेन्ट’ लाई प्राथमिकता दिनुस्

काठमाडौं– सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गरी मुलुकमा सुशासन कायम

बोर्ड उदार हुँदा ‘रोकिन’बाट जोगियो ‘जेरी अन टप’, ‘कोशेढुंगा’ प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय

काठमाडौं – सेन्सर बोर्डले उदारता देखाउँदा नायक अनमोल केसी स्टारर