गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए प्रधानमन्त्रीसँग हिसाब–किताब : गगन थापा | Khabarhub Khabarhub

गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए प्रधानमन्त्रीसँग हिसाब–किताब : गगन थापा


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सदनमा उभिएर दिएको अभिव्यक्ति रेकर्डबाट नहटाइए प्रधानमन्त्रीसँग हिसाब–किताव गरिने चेनावनी दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले सदन चटक गर्ने ठाउँ नभएको स्मरण गराउँदै लामिछानेले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट नहटाइए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हिसाव–किताव गरिने चेतावनी दिएका हुन् ।

‘संसद चटक देखाउने ठाउँ होइन । सदनमा बोलिएका कुरा प्रधानमन्त्रीले अर्न गर्नुस् प्रधानमन्त्रीसँग हिसाबकिताब गरौँला,’ थापाले भने,‘‘कि आउनुस् र भन्नुस् रेकर्डबाट हटाउँछु भनेर । होइन भने प्रधानमन्त्रीसँग त हिसाव–किताव लिइन्छ ।’

सांसद थापाले गृहमन्त्रीले संसदको गरिमा नराखेको बताउँदै सभामुखको समेत ध्यानाकर्षण गराए  । गृहमन्त्रीले संसदमा विदेशी एसेट रहेको भन्ने वाक्य संवेदनशील रहेको बताउँदै थापाले यो भनाइलाई कांग्रेसले सामान्य रुपमा नलिने स्पष्ट पारे ।

गृहमन्त्री लामिछानेले कांग्रेसका सांसदहरु विरुद्ध सदनमा दिएको अभिव्यक्तिप्रति आक्रामक सुनिएका थापाले आफ्नो विगतको संघर्षको समेत स्मरण गराए ।

‘सत्तासँग लड्दा घाउ कसरी लाग्छ भन्ने लामो अनुभव गरेर आएको छु । हजारौँ मानिसहरुले नारा लगाउँदै गर्दा एक्लै राजद्रोहको मुद्दा खेपेर आएको हुँ । घाउ कसरी लाग्छ राम्रोसँग थाहा पाएर आएको छु,’ उनले भने, अख्तियारको शक्तिशाली प्रमुखदेखि प्रधानन्यायाधीशसम्म लडेर आएको हुँ । शक्तिशाली नेपाल कम्युनिस्ट पार्टीको सरकारसँग लडेर आएको हुँ । र त्यो बेला एक्लै कुनैकुनै बेला घाउ पनि खाएर आएको हुँ ।’

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १२ : २१ बजे

पर्यटन व्यवसायी वाग्लेको स्मृति ग्रन्थ लोकार्पण

काठमाडौं– पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको प्रथम स्मृतिसभा एवम् स्मृति ग्रन्थ

कैलालीमा धान खरिद गर्न थालियो     

सुदूरपश्चिम– बर्सेनि धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार

खाँदबारी-किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का

माओवादीसहित आठ दलबीच एकताका लागि १८ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं- सात वामपन्थी दलहरूबीच एकीकृत पार्टी गठन गर्ने सहमति भएको