सन्दीपलाई भिसा नदिएर अमेरिकाले नेपालमाथि अपमान  गर्‍याे : ज्ञानेन्द्र शाही « Khabarhub

सन्दीपलाई भिसा नदिएर अमेरिकाले नेपालमाथि अपमान  गर्‍याे : ज्ञानेन्द्र शाही


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएकोमा संसदमा विरोध जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अमेरिकाले सन्दीपलाई भिसा नदिनु भनेको देशकै अपमान भएको बताए ।

उनले भने, ‘सन्दिप लामिछानेलाई भिसा नदिनु भनेको सन्दीप र नेपाली नागरिकको मात्र होइन यो सिंगो नेपालकै अपमान हो ।’ उनले भने, ‘उच्च अदालतले निर्दोष घोषणा गरेको मान्छेलाई भिसा लाग्दैन ! एक देशले अर्को देशको अस्तित्व स्वीकार गर्ने भनेको छ । के आज हाम्रो सम्बन्ध स्थापित भयो ? एउटा राष्ट्रिय खेलाडीलाई भिसा दिइएन !

यही जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न तयार सन्दीप लामिछानेको भिसा अमेरिकाले दोस्रो पटक पनि रिजेक्ट गरिदिएको थियो ।

बिहीबार अपराह्न ४ बजे अन्तरवार्ताका लागि महाराजगन्जमा बोलाइएका सन्दीपलाई एक महिनाभित्र दोस्रो पटक अमेरिकी दूतावासले भिसा दिन नमानेको हो ।

यसअघि जेठ ९ मा दूतावासले सन्दीपलाई भिसा दिन मानेको थिएन । पहिलो पटक भिसा दिन नमानेपछि सरकारको उच्च तहबाट अमेरिकी दूतावासमा पहल गरिएको थियो ।

तर दूतावासले कुनै कारण नखुलाई दोस्रो पटक पनि सन्दीपको नाममा भिसा जारी गर्न नमानेको हो ।

सन्दीपलाई भिसाका लागि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले समेत पहल गरेका थिए ।

श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाईसमेत आग्रह गरेर दूतावासमा अनुरोध गरिदिन भनेका थिए ।

खेलकुद मन्त्री श्रेष्ठका अनुसार सरकारले सन्दीपको भिसाका लागि ‘भिसा नोट’समेत सरकारले अमेरिकी दूतावासमा पठाएको थियो। तर सन्दीपले भिसा पाएनन् ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १२ : ४३ बजे

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।