चार दलले मधेसका मुख्यमन्त्रीलाई हटाउन प्रदेश प्रमुखसँग माग गर्दै « Khabarhub

चार दलले मधेसका मुख्यमन्त्रीलाई हटाउन प्रदेश प्रमुखसँग माग गर्दै


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई पदबाट हटाउन माग गर्दै सत्ता गठबन्धन दलले प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

जनमत पार्टीको नेतृत्वमा नयाँ मधेस सरकार बनाउने सहमति भएसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीले अल्पमतमा परिसकेकाले मुख्यमन्त्री यादवलाई पदबाट हटाउन प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष ज्ञापन पत्र बुझाउन लागेका हुन् ।

आइतबार नै प्रदेश प्रमुख भण्डारीसमक्ष ज्ञापन पत्र बुझाइन लागिएको जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले जानकारी दिए ।

‘अल्पमतमा परिसकेका मुख्यमन्त्रीले दीर्घकालीन निर्णयहरू नगर्न र पञ्चवर्षीय योजना र आगामी आर्थिक वर्षको बजेट आउनपूर्व नै राजीनामा गरेर बाटो खोलिदिन आग्रहसहित प्रदेश प्रमुखसमक्ष ज्ञापन पत्र बुझाउँदैछौँ’, साहले खबरहबलाई भने ।

मधेसका हालका मुख्यमन्त्री सरोज यादव उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका नेता हुन् ।

अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएसँगै मधेसमा नयाँ सरकार बनाउने कसरत सुरु भएको थियो ।

माओवादी र एमालेले वैशाख ३० गते सरकार छोडेसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

१०७ सदस्य रहेको मधेस प्रदेश सभामा २५ प्रदेश सांसदसहित एमाले पहिलो दल हो ।

प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ८, माओवादीका ९ र एकीकृत समाजवादीका ७ सदस्य छन् । लोसपाका ९ सांसदमध्ये १ जना अभिराम शर्मा निलम्बित छन् ।

राप्रपा, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको १–१ जना सांसद छन् । १०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ । यहाँ एमाले, जनमत, लोसपा, एकीकृत समाजवादी र माओवादी मिल्दा बहुमत पुग्छ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  २ : ३७ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५