गलकोटका किसान भन्छन्- ट्र्याक्टरले माथिमाथि जोत्दा उत्पादनमा समस्या भयो, गोरुले नै जोत्न थाल्यौँ « Khabarhub

गलकोटका किसान भन्छन्- ट्र्याक्टरले माथिमाथि जोत्दा उत्पादनमा समस्या भयो, गोरुले नै जोत्न थाल्यौँ


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

गलकोट– सङ्घीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर (मिनिटिलर) अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले ।

आधुनिक उपकरणको सहायताले खेतबारी जोत्दा सहज भयो, सस्तो पनि प-यो तर बिस्तारै उत्पादनमा भने ह्रास आउन थाल्यो । बागलुङ जिल्लाको गलकोट नगरपालिका-४ चमुवा फाँटमा हाते ट्र्याक्टरले धान रोप्न छोडेको दुई वर्ष भइसक्यो । गोरु पाल्न छोडेका किसानले पछिल्लो समय गोरुको महत्त्व बुझेर पाल्न थालेको  स्थानीय रतनबहादुर सुनारले बताए । चमुवा फाँटमा अहिले पाँच हलगोरु रोपाइँमा प्रयोग भइरहेका छन्  ।

‘हाते ट्र्याक्टरले जोत्दा माथिमाथि मात्रै जोत्दो रहेछ, गहिरो नजोत्दा उत्पादनमा समस्या भयो, गहुँ र मकै ढल्ने समस्या देखियो । हेर्दा छरितो भए पनि दीर्घकालीन रूपमा गोरुले जोत्दा खेतीयोग्य जमिनलाई राम्रो हुने हामीले महसुस ग-यौँ,’ सुनारले भने, ‘चमुवामा हाते ट्र्याक्टर नआउँदा १० हलगोरु थिए, हाते ट्र्याक्टर आएपछि धेरैले गोरु बिक्री गरे । पछि गोरुले जोत्दा बाली राम्रो भयो, हाते ट्र्याक्टरमा हाल्ने पेट्रोलको भाउ समेत दोब्बर भयो, त्यसैले गोरुले जोत्न थालियो ।’

चमुवामा छ दिनको मेलो रोपाइँको तयारी गरेका शेरबहादुर न्यौपानेले गोरुकै सहायताले खेतमा धान रोप्न लागेको बताए । पेट्रोलको मूल्य दोब्बर हुनु र उपकरण बिग्रिरहने समस्याले किसानहरू हाते ट्र्याक्टर  छोडेर पुनः गोरु पाल्न थालेको बताउँछन् । गोरु लोप हुन थालेपछि पछिल्लो एक वर्षयता बागलुङको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन समेत गर्न थालेका छन् । एक हल गोरु पाल्ने किसानलाई रु १० हजारका दरले अनुदान दिन लागिएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले बताए ।

बागलुङ नगरपालिकाले गोरु किसानलाई प्रोत्साहन गर्न रु चार लाख बजेट विनियोजन गरेको नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले बताए । कृषिमा आधुनिकीकरणका कारण गोरु लोप हुन थालेपछि गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दा गोरुको महत्त्व बढेको छ । थ्रेसर मेसिन र ट्र्याक्टरले उत्पादन लागत घटाउने भए पनि पेट्रोलको मूल्य बढेपछि हाते ट्र्याक्टरको प्रयोग बिस्तारै घट्न थालेको छ ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ३ : ५६ बजे

कोलम्बियाको कोइला खानीमा विस्फोट, सात मजदुरको मृत्यु

बोगोटा– कोलम्बियाको मध्य क्षेत्रमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा

मध्यपूर्व तनाव चुलिँदै, अमेरिकाद्वारा इरानी रडार साइटमा आक्रमण 

तेहरान– मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप बढिरहेका बेला अमेरिकी सेनाले

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान संकलन

काठमाडौं– जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा

लेबनानमा इजरायली आक्रमण : पाँच जनाको मृत्यु, दुई घाइते

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु

विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

भोजपुर– भोजपुरको अरुण गाउँपालिका-७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक