हिसान काठमाडौंले ‘दोस्रो हिसान म्याराथुन–२०२४’ आयोजना  गर्ने « Khabarhub

हिसान काठमाडौंले ‘दोस्रो हिसान म्याराथुन–२०२४’ आयोजना  गर्ने


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौँ जिल्ला कार्यसमितिले ‘दोस्रो हिसान म्याराथुन–२०२४’ आयोजना गर्ने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हिसान काठमाडौंले आगामी जेठ २३ गते विश्व वातावरण दिवसको अवसर पारेर म्याराथुन आयोजना गरिएको जानकारी गराएको हो ।

आगामी जेठ २३ गते बिहान ७ बजे थापाथलीस्थित ट्रेड टावरबाट दौड सुरु हुने बताइएको छ । करिब ५ किलो मिटर दूरीको दौड सञ्चालन हुने आयोजकले जनाएको छ ।

म्याराथुनको रुट थापाथली, माइतिघर, बवरमहल, बानेश्वर चोक, सिभिल हस्पिटल, तीनकुने हुँदै पुनः सुरु भएको विन्दुमा आएर समापन हुने छ ।

म्याराथुनमा हिसानका सदस्य संस्थाहरुमा अध्ययनरत तोकिएका तहका विद्यार्थीहरु मात्रै सहभागी हुन पाउने काठमाडौं हिसानकी अध्यक्ष जेसिका चेमजोङले जानकारी दिइन् ।

मानिसका क्रियाकलाप र विज्ञानले ल्याएको विकासका कारण प्रदूषित बनेको वातावरण जोगाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन आवश्यक रहेको सन्देश प्रवाह गर्न म्याराथुन आयोजना गरिएको उनको भनाइ छ ।

प्रतियोगितामा सहभागी महिला र पुरुष दुवैतर्फ प्रथम, द्धितिय र तृतीय हुने प्रतिस्पर्धीहरूलाई क्रमशः नगद १५ हजार, १० हजार र पाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै, महिला र पुरुषतर्फ थप ३/३ जनालाई सान्त्वना पुरस्कार स्वरूप एक/एक हजार उपलब्ध गराइने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ५ : १६ बजे

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ

‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हरेक क्षेत्रको विकासका लागि

शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै उद्यमशीलतामा केन्द्रित हुन आवश्यक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै