हङकङका प्रदर्शनकारीलाई डर देखाउन चीनले गर्‍यो सैनिक अभ्यास « Khabarhub

हङकङका प्रदर्शनकारीलाई डर देखाउन चीनले गर्‍यो सैनिक अभ्यास


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– लोकतन्त्रको माग गर्दै हङकङमा हिंसात्मक प्रदर्शन चर्किंदै जाँदा त्यसलाई दबाउन चीनको सशस्त्र फौजले हङ्कङको छिमेकी शहर सेन्जेनमा युद्ध अभ्यास गरेको छ ।

चीनको जनसशस्त्र प्रहरी बलले सेन्जेनमा रहेको एक रंगशालामा अर्बन वारफेयर अर्थात् शहरी युद्धकलाको अभ्यास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शसस्त्र प्रहरी बलले युद्ध अभ्यास गरेको सेन्जेनको उक्त रंगशाला पत्रकारका लागि बन्द गरिएपनि रंगशालाको गाडी पार्किङ गर्ने स्थानमा एक सय भन्दा धेरै सैनिक तथा बख्तरबन्द गाडी राखिएको जनाइएको छ ।

यसअघि चिनियाँ अखबार ग्लोबल टाइम्सले गत मंगलबार सयौं सैनिक सवारी सेन्जेनतर्फ अगाडि बढेको भिडियो सार्वजनिक गरेको थियो । सेन्जेनमा यस्तो सैनिक अभ्यास यसअघि कहिल्यै नदेखिएको स्थानीयलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ सञ्चारमाध्यमले पनि सेन्जेनमा भएको सैनिक अभ्यासबारे समाचार सार्वजनिक गरेका छन् । हङकङमा १० सातायता जारी प्रदर्शनमा सहभागी प्रदर्शनकारीलाई भयभित पार्नका लागि चीनले सैन्य अभ्यास गरेको विश्लेषण गरिएको छ ।

यता अमेरिकी विदेश मन्त्रालयले भने सेन्जेनमा भएको युद्ध अभ्यासबारे चिन्ता व्यक्त गर्दै प्रदर्शनकारीको वाक स्वतन्त्रताको सम्मान गर्न चीनसमक्ष आह्वान गरेको छ ।

१० सातायता हङकङमा जारी प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको भन्दै चर्को आलोचना हुँदै आएको छ । प्रदर्शनकारीले गत सोमबार त्यहाँको विमानस्थल नै कब्जा लिँदै बुधबारसम्म त्यहाँका सयौं उडान र अवतरण अवरुद्ध गरेका थिए ।

प्रदर्शनकारीले हङकङमा अधिक स्वायत्तता, लोकतन्त्र तथा त्यहाँकी प्रमुख कार्यकारी क्यारी लामले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा शुरु भएको प्रदर्शनलाई केही दशक यताकै सबैभन्दा ठूलो राजनीतिक संकटका रुपमा हेरिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ४ : ४७ बजे

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र

अमेरिका–इरान शान्ति पहलबीच इजरायलको अडान, कब्जामा रहेका क्षेत्र नछोड्ने घोषणा

इजरायल– इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजा पट्टीमा

मलमासको अन्तिम सोमबारे औँसी : देवघाटधाममा स्नान तथा पूजा गर्न श्रद्धालुको घुइँचो

चितवन– नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल

विपद्मा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्मा नागरिकको सुरक्षा

युद्ध रोक्ने सम्झौतालगत्तै इरानी फुटबल टोली अमेरिका पुग्यो

तेहरान- इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्न अमेरिका पुगेको छ।