टी २० विश्वकप : पीएनजीले वेस्ट इन्डिजलाई दियो एक सय ३७ रनको लक्ष्य « Khabarhub

टी २० विश्वकप : पीएनजीले वेस्ट इन्डिजलाई दियो एक सय ३७ रनको लक्ष्य


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

गुयाना । आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)ले वेस्ट इन्डिजलाई एक सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

प्रोभिडेन्स स्टेडियम टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको हो ।

पीएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरे । ४३ बलको सामना गरेका बाउले ६ चौका र एक छक्काको मदतमा ५० रन बनाए । त्यस्तै, किपलिन डोरिगाले २७ रन, कप्तान असद भालाले २१ रनको योगदान दिए । चार्ल्स अमिनीले १२ तथा चाड सोपरले १० रन बनाए ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले २–२ तथा अकिल होसेन, रोमारियो सेफर्ड र गुडाकेस मोतीले १–१ विकेट लिए ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १० : ०५ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको