टी २० विश्वकप : पीएनजीले वेस्ट इन्डिजलाई दियो एक सय ३७ रनको लक्ष्य « Khabarhub

टी २० विश्वकप : पीएनजीले वेस्ट इन्डिजलाई दियो एक सय ३७ रनको लक्ष्य


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

गुयाना । आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)ले वेस्ट इन्डिजलाई एक सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

प्रोभिडेन्स स्टेडियम टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको हो ।

पीएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरे । ४३ बलको सामना गरेका बाउले ६ चौका र एक छक्काको मदतमा ५० रन बनाए । त्यस्तै, किपलिन डोरिगाले २७ रन, कप्तान असद भालाले २१ रनको योगदान दिए । चार्ल्स अमिनीले १२ तथा चाड सोपरले १० रन बनाए ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले २–२ तथा अकिल होसेन, रोमारियो सेफर्ड र गुडाकेस मोतीले १–१ विकेट लिए ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १० : ०५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा