भारतद्वारा ३० एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण « Khabarhub

भारतद्वारा ३० एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको स्वतन्त्रता दिवसका अवसरमा नेपाल स्थित भारतीय दूतावासले विविध कार्यक्रमको आयोजना गरी विभिन्न संघ संस्थालाई एम्बुलेन्स र बस हस्तान्तरण गरेको छ ।

बिहिबार काठमाडौँमा रहेको भारतीय दुतावासले ७३ औं स्वतन्त्रता दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले भारतीय सेनामा कार्यरत रहँदा बीरगति प्राप्त गरेका सैनिकका परिवारलाई आर्थिक सहायता रकम हस्तान्तरण गरे ।

भारत सरकारले ३ परिवार लाई वीर नारी, ५ जना एकल महिला र ६ जना दिवंगत सैनिकका परिवारलाई ५ करोड ३१ लाख नेपाली रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गरेको छ । यस्तै दूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक सहयोग पनि उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ५ : २५ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित