प्रतिनिधिसभा : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभा : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले जनसरोकारका विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । 

बैठकमा सांसद डिल्लीराज पन्तले एक सय ५० जनालाई राख्न मिल्ने कैलाली जिल्ला कारागारमा हाल पाँच सय कैदी राखिएको बताए। उनले आगामी आर्थिक वर्षको  बजेटमा उक्त कारागार सुधारका लागि बजेट व्यवस्थापन नगरिएको भन्दै उक्त कारागार सुधारका निम्ति सरकारको ध्यानाकर्षण गराए। 

सांसद तारा लामातामाङले कञ्चनपुरका करिब चार सय ४७ जना उखु किसानको अनुदान रकम छुट भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। 

अर्का सांसद तेजुलाल चौधरीले गए राति सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं ४ सुरुङ्गा नगरपालिका–३ स्थित मौलिया भन्ने गाउँमा निश्चल चौधरीको घरमा लुटपाट भएको तथा त्यहाँ २० लाख बराबरको धनमाल लुटिएको जानकारी दिँदै आपराधिक गतिविधि नियन्त्रणका निम्ति सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १ : ०० बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर