संघीय सरकार र बालेनबीच ‘जुँगाको लडाइँ’, न्यूरोडमा तनाव (तस्बिरहरू) | Khabarhub Khabarhub

संघीय सरकार र बालेनबीच ‘जुँगाको लडाइँ’, न्यूरोडमा तनाव (तस्बिरहरू)

दुई वडाका बासिन्दाबीच हात हालाहालको अवस्था



काठमाडौं- न्यूरोड क्षेत्रको सडक काटेर फुटपाथ फराकिलो बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्णयले तनाव बढाएको छ ।

गत शनिबार न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको दुवैतर्फ १ मिटर ४० सेन्टिमिटरदेखि २ मिटर ४० सेन्टिमिरटसम्म काटेर फुटपाथ बढाउन थालिएपछि सुरु भएको विवादले दुईवटा वडाबीच द्वन्द्वको अवस्था ल्याएको छ ।

महानगरले काटेको तीन लेनको उक्त सडक सोमबार सडक डिभिजन कार्यालयले प्राविधिक र कर्मचारी लगाएर पुरेको छ ।

फुटपाथ फराकिलो बनाएरै छाड्ने बालेनको अडान र बिनाप्राविधिक जाँच काटिएको भन्दै रोक्ने सडक डिभिजन कार्यालयको निर्णयबीच दुईवटा वडाबीच द्वन्द्वको अवस्था सिर्जना भएको हो

यो सडक क्षेत्र काठमाडौंका वडा नम्बर २० र २२ भित्र समेटिन्छ । सोमबार सडक विभागले काटिएको सडक कालोपत्रे गरेर पुर्ने क्रममा दुईवटा वडाका बासिन्दा विभाजित भएका छन् ।

वडा नम्बर २२ का बासिन्दा महानगरले काटेको उक्त सडक तत्काल पुर्नुपर्ने पक्षमा देखिएका छन् । उता वडा नम्बर २४ का बासिन्दा भने उक्त सडक तत्काल नपुर्ने पक्षमा देखिएका हुन् ।

यी दुई वडाबासीको विवादले न्यूरोड क्षेत्रमा भिडन्तको अवस्था ल्याएको हो । दुईवटा वडाका बासिन्दाबीच हात हालाहालको अवस्था आएपछि काठमाडौं महानगरीय प्रहरीले हस्तक्षेप गर्नुपरेको छ ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले दुईवटा वडाका बासिन्दाको विवादमा हस्तक्षेप गरेर अवस्थालाई शान्त बनाउने कोसिस गरिरहेका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा मेयर बालेन वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनसँग भनाभनमा उत्रिएका थिए ।

सोमबार मात्रै साहले न्यूरोडमा फुटपाथ फराकिलो बनाउन अवरोध गरेको कुरालाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लाञ्छना लगाएका छन् ।

यसअघि सडक विभागले सडक काट्ने काममा हस्तक्षेप गरेर सामान पनि खोसेको थियो । त्यसपछि आक्रोशित मेयर साहको निर्देशनमा सडक विभाग र डिभिजन कार्यालय काठमाडौंमा धुलो पोखिएको थियो ।

त्यसपछि मेयर साहको उक्त कदम अनुचित भएको भन्दै न्यूरोडबासीले सोमबार प्रदर्शन गरेका थिए । उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ मानव साङ्लो बनाएर कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरे ।

सडक विभागले मापदण्डविपरीत काटिएको उक्त सडक तीन दिनभित्र पुर्न काठमाडौं महानगरपालिकालाई भनेको थियो । तर मेयर साहले डान नछाडेपछि सडक विभागले सोमबार उक्त सडकमा कालोपत्रे हालेको हो ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १ : ३२ बजे

पतञ्जली जग्गा प्रकरण अब अदालतको विषय बनिसकेको छ : झलनाथ खनाल 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पतञ्जली जग्गा

यस्तो देखियो तरुण दलको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

काठमाडौं– नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै

नेपाली टोलीलाई बलियो बनाउँदै लैजान्छु : प्रशिक्षक प्याट्रिक डे वाइल्ड

काठमाडौं– राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा प्याट्रिक डे वाइल्डले

गण्डकीमा प्रशासनिक संरचना पुनरावलोकन समितिले प्रतिवेदन बुझायो

पोखरा– गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा

गण्डकीको सामाजिक समितिमा माओवादीकी दमयन्ती निर्वाचित

पोखरा– गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको सभापतिमा नेकपा