‘सडक विभाग र काठमाडौं महानगरबीचको विवाद लज्जास्पद’ « Khabarhub

‘सडक विभाग र काठमाडौं महानगरबीचको विवाद लज्जास्पद’


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सडक विभाग र काठमाडौं महानगरपालिकाबीचको विवाद लज्जास्पद भएको बताएकी छन् । 

प्रतिनिधिसभा बैठकमा आज शून्य समयमा बोल्दै सांसद गौतमले सडक र फुटपाथ निर्माणको विषयमा विवाद हुनु लज्जास्पद भएको बताइन् । राज्यका दुई अंगबिच सिर्जना भएका यस्ता विवादले संघीयतामाथि नै प्रश्न उठ्ने भन्दै गौतमले गम्भीर बन्न आग्रह गरेकी थिइन् । 

‘अहिले काठमाडौं महानगरपालिका र सडक विभागबीच आरोपप्रत्यारोप चलिरहेको छ । फोहोर व्यवस्थापनको विषय, सडक र फुटपाथ निर्माणको विषयमा कसको क्षेत्राधिकार के ? पटक पटक विवाद हुनु लज्जास्पद विषय हो,’ गौतमले भनिन् ‘राज्यका दुई अंगबिचको विवाद सतहमा सामान्य लागे पनि यसले दिने सन्देश सामान्य छैन ।’ 

स्थानीय सरकार र संघबिच हुने यस्तै विवादका कारण अहिले संघीय व्यवस्था माथिनै प्रश्न उठिरहेको भन्दै यसतर्फ गम्भीर हुन सरोकारवालाहरूको ध्यानाकर्षण गराएकी थिइन् ।

यो पनि हेर्नुहोस्

बालेनले नसुनेपछि सडक विभागले टाल्यो न्यूरोडको सडक

संघीय सरकार र बालेनबीच ‘जुँगाको लडाइँ’, न्यूरोडमा तनाव

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  २ : ०५ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा