पाकिस्तानी विमान कम्पनीमा ईयूको प्रतिबन्ध नहट्ने « Khabarhub

पाकिस्तानी विमान कम्पनीमा ईयूको प्रतिबन्ध नहट्ने


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली संघ (ईयू) ले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआईए) लगायत पाकिस्तानी हवाई कम्पनीहरूमा प्रतिबन्ध कायम राख्ने  निर्णय गरेको छ ।

हालैको बैठकपछि, ईयूले संघभित्र सञ्चालन हुने प्रतिबन्धित विमान कम्पनीहरूको विद्यमान सूची संशोधन गर्न कुनै बाध्यकारी कारण फेला नपारेकोले अझै पाकिस्तानी विमान कम्पनीमाथिको प्रतिबन्ध कायम राखिएको जनाएको छ । 

यो फैसला पाकिस्तान नागरिक उड्डयन प्राधिकरण (पिसिएए) को स्थल मूल्यांकन र पाकिस्तानी विमान कम्पनी फ्लाई जिन्ना र एयरब्लू लिमिटेडको नमूना मूल्याङ्न प्रस्तुत गर्दै ईयू एयर सेफ्टी कमिटीले गरेको विस्तृत मूल्यांकनपछि आएको हो ।

सन् २०२३ नोभेम्बर २७–३० को बिचमा आयोजित स्थलगत मूल्यांकनको सुरक्षा सुनिश्चित गर्न पिसिएएको निरीक्षण भूमिका र जिम्मेवारीहरूको जाँच गरिएको थियो । 

ईयूको हवाई सुरक्षा समितिले पाकिस्तानको सुरक्षा अवस्थाको निरन्तर निगरानीको आवश्यकतालाई जोड दिएको छ । 

हाल, ईयूले पाकिस्तानी हवाई वाहकमा प्रतिबन्ध कायम राखेको छ, साथै सदस्य राष्ट्रहरूलाई अनुपालन प्रमाणित गर्न निरीक्षण गर्न आग्रह गरेको छ । 

आयोगले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू कायम राख्ने सर्वोच्च महत्त्वलाई जोड दिँदै आसन्न सुरक्षा जोखिमहरूको कुनै पनि संकेतले थप कारबाही गर्न सक्ने चेतावनी दिएको एआरवाई न्यूजले जनाएको छ । 

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  २ : २७ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी