निर्देशक सुदर्शन थापा पक्राउ, ‘रावायण’को सुटिङ रोकियो « Khabarhub

निर्देशक सुदर्शन थापा पक्राउ, ‘रावायण’को सुटिङ रोकियो


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठगी तथा विश्वास घातसम्बन्धी मुद्दामा निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । थापा पक्राउ परेसँगै निर्माणाधीन चलचित्र ‘रावायण’को सुटिङ पनि रोकिएको छ ।

थापालाई सोमबार मालीगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

उनलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा अघि बढाउन अहिले बौद्ध प्रहरी बृत्तमा लगिँदैछ ।

चलचित्र ‘प्रसाद–२’ का निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध गत भदौमा प्रहरी बृत्त बौद्धमा विश्वासघातसम्बन्धी कसुरमा उजुरी दिएका थिए ।

निर्माता बस्नेतका अनुसार निर्देशक थापाले आफ्नो अनुमतिबिना विभिन्न देशमा ‘प्रसाद-२’ प्रदर्शन गरेका थिए ।

उनले खबरहबसँग भने, ‘सम्पादनका क्रममा एक कपी उम्काएका रहेछन् । मेरो अनुमतिबना त्यसलाई विदेशमा प्रदर्शन गरेपछि कानुनी उपचार खोजेको हुँ ।’

थापा पक्राउ पर्नुअघिसम्म ‘रावायण’को दोस्रो चरणको सुटिङ काठमाडौंमा जारी थियो । उनलाई प्रहरीले छायांकनस्थलबाटै पक्राउ गरेको हो ।

यस फिल्ममा नायक पल शाह र नायिका पूजा शर्मा मुख्य भूमिकामा छन् । यस फिल्मका निर्माता नायिका शर्मा र निर्देशक थापा हुन् ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ३ : ३३ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको