निर्देशक सुदर्शन थापा पक्राउ, ‘रावायण’को सुटिङ रोकियो « Khabarhub

निर्देशक सुदर्शन थापा पक्राउ, ‘रावायण’को सुटिङ रोकियो


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठगी तथा विश्वास घातसम्बन्धी मुद्दामा निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । थापा पक्राउ परेसँगै निर्माणाधीन चलचित्र ‘रावायण’को सुटिङ पनि रोकिएको छ ।

थापालाई सोमबार मालीगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

उनलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा अघि बढाउन अहिले बौद्ध प्रहरी बृत्तमा लगिँदैछ ।

चलचित्र ‘प्रसाद–२’ का निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध गत भदौमा प्रहरी बृत्त बौद्धमा विश्वासघातसम्बन्धी कसुरमा उजुरी दिएका थिए ।

निर्माता बस्नेतका अनुसार निर्देशक थापाले आफ्नो अनुमतिबिना विभिन्न देशमा ‘प्रसाद-२’ प्रदर्शन गरेका थिए ।

उनले खबरहबसँग भने, ‘सम्पादनका क्रममा एक कपी उम्काएका रहेछन् । मेरो अनुमतिबना त्यसलाई विदेशमा प्रदर्शन गरेपछि कानुनी उपचार खोजेको हुँ ।’

थापा पक्राउ पर्नुअघिसम्म ‘रावायण’को दोस्रो चरणको सुटिङ काठमाडौंमा जारी थियो । उनलाई प्रहरीले छायांकनस्थलबाटै पक्राउ गरेको हो ।

यस फिल्ममा नायक पल शाह र नायिका पूजा शर्मा मुख्य भूमिकामा छन् । यस फिल्मका निर्माता नायिका शर्मा र निर्देशक थापा हुन् ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ३ : ३३ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व