सुदूरपश्चिम प्रदेश सरकार विस्तार अन्योलमा | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेश सरकार विस्तार अन्योलमा


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनको वातावरण अझै नबनेको बताएको छ । 

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारमा आफूहरू सहभागी हुने वातावरण बन्न नसकेको बताए। 

‘हामी सरकारमा सहभागी हुने वातावरण बनेको छैन,’ उनले भने।  

समाजवादीका नेता सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको एमालेले तत्काल सरकारमा भने नजाने निर्णय पहिले नै गरेको हो । एमालेले यो निर्णय परिवर्तन नगर्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । 

सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा पेस गरेको नीति तथा कार्यक्रमप्रति भने आफूहरूको स्वामित्व रहेको बताउँदै नेता रावलले पत्रकार सम्मेलनमा भने, ‘अब बजेट कस्तो आउँछ त्यसका लागि दबाब बनाउँदैछौँ ।’

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ३ : २९ बजे

च्याम्पियन्स लिग : फियुनार्डसँग एसी मिलान पराजित

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणको लागि भएको पहिलो

‘नगर गान’ तयार गर्दै बर्दघाट नगरपालिका

नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आफ्नो छुट्टै ‘नगर गान’ बनाउने

रेडक्रस खोटाङको सभापतिमा जोशी निर्वाचित

खोटाङ– नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको सभापतिमा ज्ञानेन्द्र जोशी

एभर्टनले लिभरपुललाई बराबरीमा रोक्यो

काठमाडौं – एभर्टन र लिभरपुलको इङ्लिस प्रिमियर सिपको खेल २-२

खाजा खर्च कटाएर पुस्तकालय पुनर्निर्माण

ललितपुर– नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) पाटन संयुक्त क्याम्पस इकाइका विद्यार्थीहरूले