फिल्म ‘गाउँ आएको बाटो’ : प्रिमियरमा सहभागी हुन् नेपाल आइन् संगीतकार हाइडी « Khabarhub

फिल्म ‘गाउँ आएको बाटो’ : प्रिमियरमा सहभागी हुन् नेपाल आइन् संगीतकार हाइडी


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जेठ २५ बाट प्रदर्शनमा आउने ‘गाउँ आएको बाटो’को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छिन् । नवीन सुब्बा निर्देशित यस फिल्ममा हङकङकी नागरिक हाइडीले पार्श्व ध्वनिमा काम गरेकी छन् ।

फिल्मको एउटा पार्श्व संगीत पनि हाइडी नै सिर्जना गरेकी हुन् । यसअघि उनी फिल्मको गीतमा संगीत भर्न नेपाल आएकी थिइन् । सिनेमा गर्नुअघि उनी अनुसन्धानकै लागि पनि एक पटक नेपाल आएकी थिइन् ।

यो उनको तेस्रो नेपाल भ्रमण हो । हाइडीले राई सँस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिसाउँदै फिल्मको गीत तयार पारेकी छन् ।काठमाडौं आएपछि उनले आफूले संगीत गरेको नेपाली सिनेमाको प्रतिक्रिया लिन उत्साहित भएको बताइन् ।

उनी भन्छिन्, ‘यो फिल्म धेरै अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा देखायौं । यो सिनेमा जुन देशको यही देशमा अहिले प्रदर्शनको तयारीमा छ । म, यहाँका स्थानीय दर्शकसँग बसेर सिनेमा हेर्न निकै उत्साहित छु । ध्वनिमा काम गरें । मैले गरेका ती कामको प्रतिक्रिया बटुल्न पनि म उत्साहित छु ।’

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ८ : २३ बजे

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी

राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका पारित