उत्तर प्रदेशसहित यी पाँच राज्यमा उलटफेरले भाजपालाई धक्का « Khabarhub

उत्तर प्रदेशसहित यी पाँच राज्यमा उलटफेरले भाजपालाई धक्का


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.2k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- लोकसभा चुनावको मतगणनासँगै आइरहेको रुझानमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले तीनवटा राज्यबाट धक्का ब्यहोरेको छ ।

भाजपा नेतृत्वको एनडीएलाई बहुमत मिल्ने देखिए पनि उसले आफ्नो गढ उत्तर प्रदेशमा ठूलो धक्का ब्यहोरेको छ ।

मध्यान्ह १२ बजेसम्मको रुझानअनुसार एनडीए ३०० सिटनजिक पुगेको छ । अहिले उसले २९४ सिटमा अग्रता बनाएको छ ।

उता भारतीय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन २३० सिटमा अग्रता बनाइरहेको छ । रुझानअनुसार एनडीएलाई बहुमत त मिलेको देखिएको छ तर भाजपाको एकल बहुमत भने मुस्किल भएको छ ।

भाजपाका लागि उत्तर प्रदेशसहित केही राज्यमा तनाव दिने खबर छ । पाँच राज्यमा ठूलो उलटफेर हुने सम्भावना बढेको छ ।

सबैभन्दा उलटफेर उत्तर प्रदेशमा देखिएको छ । रुझानअनुसार यहाँ अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने सम्भावना देखिएको छ ।

यहाँका ८० सिटमा इन्डिया गठबन्धन ४५ सिटसहित अगाडि छ । जबकि एनडीए ३६ सिटमा अगाडि छ । यहाँ समाजवादी पार्टी एक्लैले ३६ सिपमा अग्रता बनाएको छ ।

महाराष्ट्रमा पनि एनडीएको अवस्था खराब छ । एनडीए अहिले १६ सिटमा अगाडि छ । जबकि इन्डिया गठबन्धन ३१ सिटसहित अग्रता बनाइरहेको छ । अरु दलले एक सिटमा अग्रता बनाइरहेका छन् । यहाँ सन् २०१९ मा भाजपाले ६२ सिट जितेको थियो ।

पश्चिम बंगालमा पनि दिदी ममता बनर्जीको जादु चलेको छ । भाजपालाई यहाँ पनि क्षति मात्रै मिलेको छ । त्रिणमूल कंग्रेस सबैभन्दा धेरै २६ सिटमा अगाडि छ । यहाँ भाजपा १३ र कांग्रेस २ सिटमा अगाडि देखिएका छन् ।

अर्को राज्य हरियाणामा पनि इन्डिया गठबन्धन बलियो देखिएको छ । अहिले त्यहाँ कांग्रेस ६ सिटमा अगाडि छ । उता भाजपा केबल ४ सिटमा अगाडि छ ।

राजस्थानमा पनि ठूलो उलटफेरको संकेत आएको छ । जहाँ भाजपालाई ठूलो क्षति हुने देखिएको छ । यहाँ भाजपा १३ सिटमा र कांग्रेस १२ सिटमा अगाडि छन् ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १२ : २३ बजे

हर्क साम्पाङले भने- निर्वाचनपछि बन्ने सरकारको नेतृत्व मैले गर्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनपछि बन्ने

एनपीएल २ : यी तीन खेलाडीले जिते बाइक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा तीन

एनपीएल–२ : विजेता टोलीका कप्तान रोहितले जिते कार

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को उत्कृष्ट

पुरानै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास पाउदैन : लेखनाथ दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता लेखनाथ दाहालले पुरानै तरिकाको निर्वाचनबाट

एनपीएल-२ : ड्रोनबाट यस्तो देखियो कीर्तिपुर क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा फाइनलमा सुदूरपश्चिम