उत्तर प्रदेशसहित यी पाँच राज्यमा उलटफेरले भाजपालाई धक्का « Khabarhub

उत्तर प्रदेशसहित यी पाँच राज्यमा उलटफेरले भाजपालाई धक्का


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.2k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- लोकसभा चुनावको मतगणनासँगै आइरहेको रुझानमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले तीनवटा राज्यबाट धक्का ब्यहोरेको छ ।

भाजपा नेतृत्वको एनडीएलाई बहुमत मिल्ने देखिए पनि उसले आफ्नो गढ उत्तर प्रदेशमा ठूलो धक्का ब्यहोरेको छ ।

मध्यान्ह १२ बजेसम्मको रुझानअनुसार एनडीए ३०० सिटनजिक पुगेको छ । अहिले उसले २९४ सिटमा अग्रता बनाएको छ ।

उता भारतीय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन २३० सिटमा अग्रता बनाइरहेको छ । रुझानअनुसार एनडीएलाई बहुमत त मिलेको देखिएको छ तर भाजपाको एकल बहुमत भने मुस्किल भएको छ ।

भाजपाका लागि उत्तर प्रदेशसहित केही राज्यमा तनाव दिने खबर छ । पाँच राज्यमा ठूलो उलटफेर हुने सम्भावना बढेको छ ।

सबैभन्दा उलटफेर उत्तर प्रदेशमा देखिएको छ । रुझानअनुसार यहाँ अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने सम्भावना देखिएको छ ।

यहाँका ८० सिटमा इन्डिया गठबन्धन ४५ सिटसहित अगाडि छ । जबकि एनडीए ३६ सिटमा अगाडि छ । यहाँ समाजवादी पार्टी एक्लैले ३६ सिपमा अग्रता बनाएको छ ।

महाराष्ट्रमा पनि एनडीएको अवस्था खराब छ । एनडीए अहिले १६ सिटमा अगाडि छ । जबकि इन्डिया गठबन्धन ३१ सिटसहित अग्रता बनाइरहेको छ । अरु दलले एक सिटमा अग्रता बनाइरहेका छन् । यहाँ सन् २०१९ मा भाजपाले ६२ सिट जितेको थियो ।

पश्चिम बंगालमा पनि दिदी ममता बनर्जीको जादु चलेको छ । भाजपालाई यहाँ पनि क्षति मात्रै मिलेको छ । त्रिणमूल कंग्रेस सबैभन्दा धेरै २६ सिटमा अगाडि छ । यहाँ भाजपा १३ र कांग्रेस २ सिटमा अगाडि देखिएका छन् ।

अर्को राज्य हरियाणामा पनि इन्डिया गठबन्धन बलियो देखिएको छ । अहिले त्यहाँ कांग्रेस ६ सिटमा अगाडि छ । उता भाजपा केबल ४ सिटमा अगाडि छ ।

राजस्थानमा पनि ठूलो उलटफेरको संकेत आएको छ । जहाँ भाजपालाई ठूलो क्षति हुने देखिएको छ । यहाँ भाजपा १३ सिटमा र कांग्रेस १२ सिटमा अगाडि छन् ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १२ : २३ बजे

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने