संसद्‍मा एमालेले भन्यो : काठमाडौंका मेयर बालेनले संयमता गुमाउँदैछन् « Khabarhub

संसद्‍मा एमालेले भन्यो : काठमाडौंका मेयर बालेनले संयमता गुमाउँदैछन्


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रमुख सत्तारुढ नेकपा एमालेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विस्तारै संयमता गुमाउँदै गएको जनाएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै एमाले सचिवसमेत रहेका सांसद योगेशकुमार भट्टराईले मेयर बालेन साले संयमता गुमाउँदै गएको बताए ।

‘काठमाडौं महानगरपालिकाका मेयरले संयमता गुमाउँदै हुनुहुन्छ,’ भट्टराईले भने, ‘अघि बढौँ तर, उत्तेजना र उच्छृङ्खलतामार्फत होइन ।’

भट्टराईले आमयुवाहरूले मेयर साहमार्फत आफ्नो भविष्य खोजेको पनि उनले धोका दिएको बताए ।

‘गालीगलौज गर्नु, उत्तेजनामा आउनु आवश्यक छैन । आकाशतिर फर्केर थुक्दा त्यो कहाँ झर्छ, थाहा हुनुपर्छ,’ उनले भने ।

साह मेयरमा निर्वाचित हुनेबित्तिकै अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको उनले स्मरण गरे । तर मेयर साहले तबलाको अर्थ नबुझेको भट्टराईले बताए ।

‘तबलाको अर्थ करुणा, प्रेम, सद्भाव, संयमता हो । तर उहाँले बुझ्नुभएन’, उनले भने ।

भट्टराईले काठमाडौंले ऋषिमुनिहरूले बनाएको र बुद्धले बनाएको सभ्यताको प्रतिनिधित्व गर्ने बताए। त्यसमा धावा बोल्ने कामलाई स्वीकार्न नसकिने उनले बताए ।

यसअघि सोमबार मेयर साहले ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु होला माननीय केपी ओलीज्यू’ भनेर आक्रोश पोखेका थिए ।

त्यो आक्रोश न्यूरोडमा भत्काइएको सडक पुरिएपछिको थियो । फुटपाथ बढाउन भन्दै महानगरपालिकाले भत्काएको सडक पुरिएपछि साहले त्यसको आक्रोश ओलीमा साँधेका हुन् ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १२ : ५४ बजे

एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितीको बैठक

दाङमा बस दुर्घटना, २२ यात्रु घाइते

दाङ– दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्

पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

कास्की– देशको पर्यटकीय सहर पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके– बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार

एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन