शिक्षा मन्त्रालयमा शासकीय सुधार एकाइ गठन « Khabarhub

शिक्षा मन्त्रालयमा शासकीय सुधार एकाइ गठन


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नागरिकका गुनासा छिटो सम्बोधन गर्न प्रशासन महाशाखाका प्रमुख सहसचिव सुमन घिमिरेको नेतृत्वमा शासकीय सुधार एकाइ गठन भएको छ । 

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २९ बमोजिम सो एकाइ गठन गरिएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त संयन्त्रबाट सम्पादन हुने कार्यलाई शासकीय सुधारको मान्यताअनुरूप सुधार गर्ने नीति अख्तियार गरी कार्यान्वयन हुने र गुनासो प्राप्त भएको १५ दिनभित्र सम्बोधन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गरिने बताइन् ।

शासकीय सुधार एकाइको काम, कर्तव्य र अधिकारमा मन्त्रालयबाट सम्पादन हुने कामसम्बन्धी कानुन, नीति र कार्यविधि निर्माण एवं सुधारका लागि सूचना, सल्लाह र पृष्ठपोषण उपलब्ध गराउने जनाइएको छ । 

सार्वजनिक प्रशासन र व्यवस्थापनका नवीनतम मान्यताको प्रयोगबाट कार्यसम्पादनको गुणस्तरमा सुधार ल्याउने, शासकीय सुधारको सम्बन्धमा तालीम, गोष्ठी र अन्तरक्रिया सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ५ : ३० बजे

’ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर