नीति तथा कार्यक्रममाथि आजदेखि छलफल   « Khabarhub

नीति तथा कार्यक्रममाथि आजदेखि छलफल  


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभामा प्रस्तुत नीति तथा  कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ भएको छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३८ (१) बमोजिम आगामी आर्थिक वर्ष २०८१-८२ का लागि प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रमले समग्रमा प्रदेशलाई सुखी र समुन्नत बनाउन मद्दत गर्ने छलफलमा सहभागी प्रदेशसभा सदस्यहरूले बताएका छन् ।

कोशी प्रदेशको समृद्धिका लागि आवश्यक आधार तयार गरी ल्याएको नीति तथा कार्यक्रमले सिँचाइ, कृषि, पर्यटन, धार्मिकस्थल, पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण काम गर्ने उनीहरूको भनाइ थियो । 

प्रदेशसभा सदस्यहरू तिलकुमार मेन्याङ्बो, रेवतीरमण भण्डारी, जीवन आचार्य, उमाकान्त गौतम, खड्गबहादुर बस्नेत, मीना श्रेष्ठ, गीतादेवी रेग्मी, किशोरचन्द्र दुलाल, होमबहादुर थापा, गोम्बू शेर्पा, राजन किराँती र प्रेमराज थाम्साङलगायतले छलफलमा आफ्ना धारणा राखेका थिए ।

शून्य समयमा कोशी प्रदेशसभा सदस्य गीतारानी महतो, कमला दर्नाल, इस्राईल मन्सुरी, सबिना बजगाईं, डोल्मा तामाङ, गोपाल विश्वकर्मा, शोभा चेम्जोङ, तारादेवी ढकाल, रमेशकुमार बस्नेत र रामदेव यादवले मुलुकको समसायिक विषयमा धारणा राखेका थिए।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ५ : ३५ बजे

पोखराका भीम सार्कीको आक्रामक ब्याटिङले काठमाडौंलाई दियो १६६ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

१९ बलमा काठमाडौंका भीमको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

उँधौली लागेसँगै भेँडाबाख्रा लिएर उँधो झरे गोठाला

गोरखा– उधौली लागेसँगै लेकका गोठ उँधो अर्थात् बेँसीतर्फ झार्न सुरु

गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी

जेरुसेलम– इजरायली सेनाले गाजामा बन्धक बनाइएका सबै बन्धकहरूको शव पहिचान

दुर्लभ चरा संरक्षणमा चासो

तानसेन – चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन्