नीति तथा कार्यक्रममाथि आजदेखि छलफल   « Khabarhub

नीति तथा कार्यक्रममाथि आजदेखि छलफल  


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभामा प्रस्तुत नीति तथा  कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ भएको छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३८ (१) बमोजिम आगामी आर्थिक वर्ष २०८१-८२ का लागि प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रमले समग्रमा प्रदेशलाई सुखी र समुन्नत बनाउन मद्दत गर्ने छलफलमा सहभागी प्रदेशसभा सदस्यहरूले बताएका छन् ।

कोशी प्रदेशको समृद्धिका लागि आवश्यक आधार तयार गरी ल्याएको नीति तथा कार्यक्रमले सिँचाइ, कृषि, पर्यटन, धार्मिकस्थल, पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण काम गर्ने उनीहरूको भनाइ थियो । 

प्रदेशसभा सदस्यहरू तिलकुमार मेन्याङ्बो, रेवतीरमण भण्डारी, जीवन आचार्य, उमाकान्त गौतम, खड्गबहादुर बस्नेत, मीना श्रेष्ठ, गीतादेवी रेग्मी, किशोरचन्द्र दुलाल, होमबहादुर थापा, गोम्बू शेर्पा, राजन किराँती र प्रेमराज थाम्साङलगायतले छलफलमा आफ्ना धारणा राखेका थिए ।

शून्य समयमा कोशी प्रदेशसभा सदस्य गीतारानी महतो, कमला दर्नाल, इस्राईल मन्सुरी, सबिना बजगाईं, डोल्मा तामाङ, गोपाल विश्वकर्मा, शोभा चेम्जोङ, तारादेवी ढकाल, रमेशकुमार बस्नेत र रामदेव यादवले मुलुकको समसायिक विषयमा धारणा राखेका थिए।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ५ : ३५ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न