चुनावी परिणामसँगै मोदीले भने : लगातार तेस्रो पटक जनताको विश्वास पायौँ « Khabarhub

चुनावी परिणामसँगै मोदीले भने : लगातार तेस्रो पटक जनताको विश्वास पायौँ


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावको परिणाम अन्तिमतिर पुग्दै गर्दा जनताले तेस्रो पटक विश्वास गरेको बताएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमा उनले देशका जनता-जनार्दनले एनडीएलाई लगातार तेस्रो पटक आफ्नो विश्वास दिएको बताए ।

‘भारतको इतिहासमा यो एक अभूतपूर्व पल हो ।  म यस स्नेह र आशीर्वादका लागि आफ्नो परिवारजनप्रति नमन गर्छु’, मोदीले भनेका छन्,’म देशवासीलाई उनीहरूको आकांक्षा पूरा गर्ने कुरामा विश्वास दिलाउँछौँ । हामी नयाँ ऊर्जा, नयाँ उमंग, नयाँ संकल्पसहित अघि बढ्ने छौँ।’

ताजा अवस्थामा एनडीएले २९१ सिट जितेको छ । उता कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २३४ सिट जितिसकेको छ । तर भाजपा आफैंले एकल बहुमत ल्याउन भने असफल भएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ८ : २३ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५